घोराही, १५ असार । धान रोप्नको लागि तयार हँुदैछन् बीउ । पानी नहँुदा खेतको बाँझोसमेत मारेका छैनन् कृषकले । मल नपाएर उत्तिकै चिन्तित छन् ।
दाङका दशैवटै स्थानीय तहले १६आँै धान दिवस बढो उत्सवको साथ मनाए । त्यहाँ वरिपरि अरु खेत बाँझो रहदा घोराही उपमहानगरपालिका वडा नम्बर १२ का स्थानीय शोभाकर रोकाको खेतमा धान दिवस मनायो ।
त्यहाँ कृषकदेखि जनप्रतिनिधि, जिल्ला प्रहरी, प्रमुख जिल्ला अधिकारी सहभागी भए । त्यस्तै साल्ट टे«डिङ कर्पोरेशनका कर्मचारी आनि कृषिका प्रमुख पनि । त्यहाँ धान दिवस मनाईरहदा कम्तीमा आफूले रोपेको खेतमा मल थियो कि थिएन कसैलै हेक्का नै भएन् ।
धानको बीउ रोप्ने समयमा एक पटक हिलोमा खेल्ने, त्यो पनि धान दिवसलाई महोत्सवको रुपमा मनाउने अवसर सबैलाई मिल्यो । जुन खेतमा धानको बीउ रोपेर धान दिवस मनाईदै थियो । त्यो खेतमा मल नै थिए । मल विनाको धान रोपेको कृषक युवराज रोकाले बताए ।
‘धानको बीउ रोप्या जस्तो ग¥या हो’ उनले भने ‘जुन खेतमा धान रोपिरहेको छ नि त्यहाँ मल नै छैन् ।’ मल नपाएपछि मलविना नै धानको बीउ रोपेको उनले बताए । उनको आशा अझै मरेको छैन् ।
खेतमा रोपिएको धानको बीउ उठ्ने बेलामा मल पाईन्छ कि भन्ने आशमा छन् उनी । ‘विना मलको नै धान रोपिएको छ’ उनले भने ‘पछि फल लाग्ने हो कि होईन्, अहिलेदेखि नै चिन्ता लागेको छ ।’
कृषि सामाग्री केन्द्रमा पटक–पटक धाउदा पनि मल नपाएको उनले गुनासो गरे । केही समय पहिले आएको वर्षाका कारण खेतमा धानको बीउ राखिएको धान दिवसमा सहभागि भएको कृषक रामप्रसाद चौधरीले बताए । ‘बर्षा आयो र धानको बीउ राखियो, अलि–अलि जरुवा रसाएको छ, अहिले धान रोप्ने भएको छ’ उनले भने ‘तर मल छैन्, खत बाझै छन् ।’
प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जिल्लामा कृषकहरुलाई मलको व्यवस्था गर्नको लागि सरोकारवालाहरुसँग छलफल गरिरहेको बताए । ‘यहाँका कृषकहरुलाई के कसरी हुन्छ ? मल उपलब्ध गराउनको लागि हामीले पहल गरिरहेका छौँ’
धान दिवसको अवसरका आयोजना गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रिजालले भने ‘यो महिनाभरी डिएपी मल पाउन मुस्किल छ, त्यहि पनि प्रयास गरिरहेका छौँ ।’
युरिया मल फाटफुट रुपमा आईरहेको उनले बताए । कृषि ज्ञान केन्द्रका प्रमुख कृष्णबहादुर बस्नेतले दाङमा १० प्रतिशत मात्रै धान खेती भएको बताए । ‘यो समयमा आधाभन्दा बढी धान खेती हुनुपथ्र्यो’ उनले भने ‘समयमा सिंचाई नहुँदा र मलको अभाव हुँदा धान खेती हुन सकिरहेको छैन् ।’
कृषकहरुको मल नपाएको धेरै गुनासो भएको बताए । जलवायु परिवर्तनका कारण समयमै धानको बीउ रोप्न नसके पनि त्यस अनुसारको मल, बीउबिजनको व्यवस्था गरिनुपर्ने उनको भनाई थियो ।
घोेराही उपमहानगरपालिकाकी उपप्रमुख सीता सिंग्देल न्यौपानेले कृषकहरुलाई मल पु¥याउनको लागि सम्बन्धित सरोकारवालाहरुलाई अनुरोध गरिन । ‘कृषकहरुको मुख्य बाली धान हो’ उनले भनिन् ‘यसलाई विशेषरुपमा ख्याल गरेर बीउबिजनदेखि मल पु¥याउन जरुरी छ ।’
कृषि आधुनिकीरण गरे मात्रै कृषि फस्टाउने उनले बताईन् । दाङमा अधिकांस किसानहरुले मल पाएका छैनन् । यो वर्षको मनसुन ढिला गरी शुरु भएका कारण किसानहरुले खेतको बाँझो पनि मारेका छैनन् । सिंचाईको व्यवस्था नहुनु, समयमै पानी नपर्दा र मलको अभाव हुँदा यो समयमा किसानहरु चिन्तित भएका छन् ।
े