- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeसम्पादकीयमलमा सहजता ल्याऊ

मलमा सहजता ल्याऊ

- Advertisement -spot_img

खेतीपातीको समयमा आउने एउटा ठूलो समस्या हो रासायनिक मलको आपूर्ति । हरेक वर्ष यो समस्याले आम किसानलाई सताइरहेको छ । यो वर्ष पनि यो समस्या जर्जररूपमा देखिएको छ ।
रासायनिक मल त्यो पनि डिएपिको समस्याले यो वर्ष पनि अहिलेसम्म किसानहरुलाई सताइरहेको छ । किसानहरू धानखेतीमा प्रयोग गर्ने मल नपाएर छटपटाइरहेका छन् तर पनि सरोकार राख्ने निकायले चासो दिएको देखिदैन ।
अर्काेतिर मलको अनुदान दिइरहेका कृषि सामग्री कम्पनी र साल्ट टे«डिङ कर्पाेरेशनको गोदाममा मल जगेडाको अवस्थामा पनि नदेखिकाले मलको समस्या पुस्तेनी जस्तै बन्दै गएको छ ।
किसानलाई सहजरूपमा आपूर्ति हुनका लागि जिल्लामा पर्याप्त मलको व्यवस्था हुनुपर्ने हो तर पनि केही महिनादेखि रासायनिक मल पर्याप्त छैन । सहजताको पनि अवस्था नदेखिएको हुँदा राज्यले किसानलाई प्राथमिकतामा राखेर मल आपूर्तिमा सहजता ल्याउनु सक्नुपर्छ ।
अधिकांश किसानहरु धान रोपाईमा र रोपेको धानको स्याहार जुटेका छन् । केही स्थानमा धान रोपाई अझै बाँकी छ । किसानलाई सिंचाई मल, बीउको पर्याप्तता नहुँदा धान खेतीमा समेत समस्या परिरहेको छ ।
समयमै धानको बीउ रोपिसकेका खेतहरूमा अहिले टप बेशमल छर्ने समय भएको छ । यो समयमा मल राख्नसके खेती फस्टाउने विश्वास किसानमा छ । भने रोपाईको सुरूको चरणमा नै डिएपि मल राख्न पाएमा उत्पादन बढ्ने र खेती राम्रो हुने विशवास रहि रहे पनि अहिले किसानहरू मलको अभावमा हैरानी बेहोरिरहेका छन् ।
यहिबेला किसानहरुले पाउनुपर्ने रासायनिक मल सहजरूपमा पाइरहेका छैनन् । ढिलो वर्षातका कारण छिपिएको धानको बीउ रोपिएको र अहिले पनि मल राख्न नसके उत्पादनमा समेत ह्रास आउने पक्का जस्तै छ ।
जसलाई सपार्नको लागि रासायनिक मलको अहिले आवश्यक छ । तर किसानले त्यहि मल पाउन सकेका छैनन् । स्थानीयस्तरबाट त्यसको पहल कदमीसमेत हुन सकेको देखिदैन । त्यसलाई सम्बन्धित निकायहरुबाट सहजताको वातावरण गराइनुपर्छ । सबै किसानले सहजरूपमा मल पाउनुपर्छ ।
नेपाल कृषि प्रधान देश भनेर चिनाइदै आएको । अहिले पनि ८० प्रतिसत बढी नागरिक कृषि पेशामा निर्भर देखिन्छन् । दाङ पनि कृषि उत्पादनको हिसावले महत्वपूर्ण जिल्ला हो ।
तर पनि कृषिका लागि आवश्यक सामग्री र वस्तु राज्यले उपलब्ध गराउन सकेको छैन । न त सामान्य तयारीमै उपलब्ध गराउन सक्ने रासायनिक मल र बीउ नै सहजरूपमा उपलब्ध गराइएको छ ।
सरोकारवाला निकायहरूले अब कृषकको समस्यालाई तत्काल सम्बोधन गरी सहजताको अवस्था ल्याइदिनु पर्छ । किसानको लागि देखिएका अभावहरुलाई तत्काल टार्ने प्रयास हुनुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here