- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeसमाजमलमा सहजता आवश्यक

मलमा सहजता आवश्यक

- Advertisement -spot_img

प्रत्येक वर्ष खेतीपातीको समयमा आउने एउटा ठूलो समस्या हो रासायनिक मलको आपूर्ति । यो समस्याले यो वर्ष पनि अहिलेसम्म किसानहरुलाई सताईरहेको छ । किसानहरु धानखेतीमा प्रयोग गर्ने मल नपाएर छटपटाई रहेका छन् । अर्काेतिर मलको अनुदान दिइरहेका कृषि सामग्री कम्पनी र साल्ट टे«डिङ कर्पाेरेशनको गोदाममा मल जगेडाको अवस्थामा रहेको छ । किसानलाई सहजरुपमा आपूर्ति हुनका लागि सहकारीको माध्यम चाहिन्छ । अहिले सहकारीहरुले मल आपूर्ति नगरिदिदा त्यसको प्रत्यक्ष मारमा किसानहरु परेका छन् । अहिले अधिकांश किसानहरु धान रोपाई सकेर धानको स्याहार जुटेका छन् । केही स्थानमा मात्रै धान रोपाई हुन बाँकी छ । त्यो पनि पर्याप्त सिंचाई नहुँदा पानीको अभावमा । अन्य खेतहरु धान जुरमुराउँदै छ । समयमै धानको बिउ रोपिसकेका खेतहरुमा अहिले टपबेस मल छर्ने समय भएको छ । यो समयमा मल राख्नसके खेती फस्टाउने विश्वास किसानमा छ । यहिबेला किसानहरुले पाउनुपर्ने रासायनिक मल सहजरुपमा पाइरहेका छैनन् । ढिलो वर्षाका कारण छिपिएको धानको बिउ रोपिएको र अहिले पनि मल राख्न नसके उत्पादनमा समेत ह्रास आउने पक्का जस्तै छ । जसलाई सपार्नको लागि युरिया मलको अहिले आवश्यक छ । तर किसानले त्यहि मल पाउन सकेका छैनन् । स्थानीयस्तरबाट त्यसको पहल कदमीसमेत हुन सकेको देखिदैन । धानको बिउ रोपिसकेको खेतमा टपबेस गर्नको लागि कृषकहरुमा मलको माग बढ्दो क्रममा छ । त्यसलाई सम्बन्धित निकायहरुबाट सहजताको वातावरण गराइनु पर्छ । नेपाल कृषि प्रधान देश भनेर चिनाइदै आएको छ । अहिले पनि ८० प्रतिसत बढि नागरिक कृषि पेशामा निर्भर देखिन्छन् । दाङ पनि कृषि उत्पादनको हिसावले महत्वपूर्ण जिल्ला हो । तर पनि कृषिका लागि आवश्यक सामग्री र बस्तु राज्यले उपलब्ध गराउन सकेको छैन । न त सामान्य तयारी मै उपलब्ध गराउनसक्ने रासायनिक मल र बीउ नै सहजरुपमा उपलब्ध गराइएको छ । सरोकारवाला निकायहरुले अब कृषकको समस्यालाई तत्काल सम्बोधन गरी सहजताको अवस्था ल्याइदिनु पर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here