Friday, April 19, 2024
Homeमुख्य खबरमलई खोला ठाटीमा एकीकृत घुम्ती शिविर

मलई खोला ठाटीमा एकीकृत घुम्ती शिविर

- Advertisement -spot_img

दंगीशरण, १७ चैत । दंगीशरण वडा नम्बर १ फुर्केसल्लीकी ८५ बर्षिय पञ्चकली विक दंगीशरण गाउँपालिकाले आयोजना गरेको एकीकृत घुम्ती शिविरमा एक घण्टा हिडेर लौरोको सहारामा मलैखोला ठाटीस्थित प्राथमिक विद्यालयमा आईन् ।
भूईमा थचक्क बस्दै भनिन् ‘ए नानी म थाईगे, माथि हेकुली जचाउँन जानुभन्दा शिविर आया बेला जचाँम’ भनिन् । पेट दुख्ने, हाडजोर्नी दुख्ने समस्याले ग्रसित विक चेकजाँचपछि औषधि लिएर खुसी भएर घर फर्किइन् ।
शिविरमा बुढेसकालले छोईसकेका ५९ बर्षका चन्द्र कुमार विक, वडा नम्बर १ कालीतरा निवासी ७५ बर्षका मोती भण्डारी, मानबहादुर खत्रीजस्ता सयौ शिविरमा चेकजाँचका लागि आएका थिए ।
उनीहरुको एउटै भनाइ थियो ‘गाउँ–गाउँमा स्वास्थ्य जाँच गराईदिन्छम् भन्थे नेताले गराईदिया खुसी लाछ ।’ शिविरमा साना बालकदेखि बृद्धहरुले चेकजाँच गराएका थिए ।
स्वास्थ्य चेकजाँच गराउने नागरिकहरुको एकदमै भिडभाड थियो । शिविरमा नागरिकता बनाउन र जेष्ठ नागरिक परिचयपत्र लिन आउनेको पनि उत्तिकै भिडभाड देखिन्थ्योँ ।
९० बर्ष काटीसकेका हिरामणि बुढा झरिसकेका दाँत देखाएर फिस्स हाँस्दै भने ‘नागरिकता लिन आ’छु बाबु कालीतराबाट एक घण्टा हिड्दै आए नागरिकता दिन्छ भनेको सुनेर । उनको बोली अस्पष्ट थियो ।
कृषि फाटँमा भेटिएकी ७१ बर्षिय अमृत घर्ती बोडी लौकाको बिउ लिएर फर्किदै थिए उनको फोटो खिचि दिएपछि उनी नजिक आएर भनिन् ‘जेठमास हरियो तरकारी खाईएला यो साल ।’
स्वास्थ्य, पशु, कृषि र सामाजिक सुरक्षाको एकीकृत घुम्ती शिविरमा आएका सबै नागरिकहरु खुसी देखिन्थे । शिविरमा आएका सबै नागरिकहरुको एउटै भनाई थियो ‘चुनावमा भोट माग्दा दिएको बाचा पूरा हँुदैछ । हामीले माग ग¥याथिम पुग्याछ अब बिस्तारै सबै सेवा सुविधा गाउँपालिकाले हामीलाई दिनुपर्छ ।’
दंगीशरण गाउँपालिकाले वडा नम्बर १ मलई स्थित प्राथमिक विद्यालयमा एकीकृत घुम्ती शिविरमा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी र उपाध्यक्ष पिमा कुमारी खड्काले दुईजना महिलाहरुलाई नागरिकता दिएर कार्यक्रमको उद्घाटन गरेका थिए ।
शिविरमा डाक्टर रवीन गौतमले विरामीहरुको चेकजाँच गरेका थिए । स्वास्थ्य शाखाका प्रमुख विष्णु क्षेत्रीको नेतृत्वमा स्वास्थ्य शाखाका उपप्रमुख नेव बहादुर केसी, ईलाका स्वास्थ्य चौकीकी अनमी सम्पूर्णा चौधरीको टोली खटिएको थियो ।
शिविरमा ४७ जना महिला र ३८ जना पुरुष गरि ८५ जना बिरामीले चेकजाँच गराएका थिए । बिरामीहरुमा हाडजोर्नी खिइएको, नसा सुन्निएको छाती दुख्ने बढी देखिएको थियो भने ग्यास्टिक, दम, पिसावमा खरावी, नाक, कान, घाटी, तल्लो पेट दुख्नेजस्ता बिरामी भेटिएका थिए ।
रामीहरुको रोग अनुसार शिविरमा औषधि वितरण गरिएको थियो । यस्तै शिविरमा १७ जना महिला र ४ जना पुरुष गरी जम्मा २१ जना नागरिकता बनाएका थिए भने दुईजनालाई जन्मदर्ता प्रमाणपत्र, छजनालाई विवाह दर्ता प्रमाणपत्र वितरण गरिएको थियो ।
यस्तै १६ जना पुरुष र १२ जना महिला गरी जम्मा २८ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको थियो । सामाजिक सुरक्षा इकाईकी पवित्रा भण्डारीको नेतृत्वमा टोली खटिएको थियो ।
यसैबीच कृषि शाखाकी योगमाया कवँरको नेतृत्वमा खटिएको टोलीको कृषितर्फको शिविरमा कृषितर्फ एक सयजनालाई लौका, काक्रा, करेला, कोडी र भिण्डी तरकारीको बिउविजन वितरण गरिएको थियो भने १० जना किसानले तरकारीमा लाग्ने रोगसम्बन्धी परामर्श लिएका थिए ।
शिविरमा पशुतर्फ बाख्रा, भैसी, कुखुरा, गोरु र कुकुरमा देखिएका रोगसम्बन्धी औषधि वितरण गरिएको थियो । शिविरमा ४ सय ४३ जनाले सेवा लिएका थिए । पशु शाखाका प्रमुख भरत देवकोटाको नेतृत्वमा टोली खटिएको थियो ।
दंगीशरण गाउँपालिकाको विकट क्षेत्रको रुपमा लिइने वडा नम्बर १ मलईमा रहेको जनताहरुको समस्यालाई मध्यनजर गर्दै एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here