- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeमुख्य खबरमन्त्री चौधरीले गरे योजना अनुगमन

मन्त्री चौधरीले गरे योजना अनुगमन

- Advertisement -spot_img

तुलसीपुर, १८ चैत । प्रदेश नम्बर ५ का भौतिक पूर्वाधार तथा योजना मन्त्री बैजनाथ चौधरीले प्रदेशका विकास निर्माणका योजना अनुगमन थालेका छन् । यसैक्रममा आइतबार तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौरीमा निर्माणाधिन टरिगाउँ–हरिपौरा डिप बोरिङको अनुगमन गरेका छन् ।
अनुगमनमा पुगेका चौधरीले विकास निर्माणमा उपभोक्ताको खबरदारी र लगानी भएमात्रै विकासले गति लिने बताएका छन् । अनुगमनपश्चात् बोरिङ निर्माणको प्रगतिबारे पनि उनले जानकारी लिए ।
मन्त्री चौधरीले बजेट अभावकै कारण निर्माण कार्य नरोक्न आग्रह गर्दै थप बजेटको ब्यवस्था गर्ने बताए । ‘काम गर्नुस्, बजेटको चिन्ता नगुर्नुस्, बजेटकै अभावमा काम नरोक्नुस्’ चौधरीले भने ।
प्रदेश नम्बर ५ को ७ करोड र स्थानीयको जनसहभागिताबाट डिप बोरिङ बन्न थालेको टरिगाउँ– हरिपौरा खानेपानी संस्थाका अध्यक्ष टेक बहादुर केसीले जानकारी दिए । आगामी आर्थिक बर्ष ०७६÷७७ मा निर्माण सक्ने गरी निर्माण कार्य अघि बढेको छ ।
अनुगमनका क्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे, वडा नम्बर १२ का वडा अध्यक्ष सूर्यबहादुर डाँगी, नेकपाका नेताहरु टिकाराम खड्का, हुकुमबहादुर बस्नेतलगायतको सहभागिता रहेको थियो ।
यस्तै मन्त्री बैजनाथ चौधरीले घोराही क्षेत्रका विभिन्न विकास योजनाहरुको पनि अनुमगन गरेका छन् । प्रदेश सरकारका प्रवक्तासमेत रहेका चौधरी, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीलगायतले निर्माणाधीन घोराही–स्वर्गद्वारी सडक, सर्रा–कुहिरेपानी सडकलगायतको अनुगमन गरेका छन् ।
घोराही–स्वर्गद्वारी सडकमा तल्लो भागबाट एक करोड र मर्पेस हुँदै दुई करोड प्रदेश सरकारको बजेट रहेको छ । त्यस्तै सर्रा–कुहिरेपानी सडकमा प्रदेश सरकारको दश करोड बजेट रहेको छ । अनुगमनका क्रममा मन्त्री चौधरीले विकास योजना समयमै सम्पन्न गर्न पूर्वाधार विकास कार्यालयका अधिकारीहरुलाई निर्देशन दिए ।
साथै आवश्यक सहयोगका लागि स्थानीय सरकारलाई पनि उनले आग्रह गरेका छन् । प्रदेश सरकारले गति लिन थालेको भन्दै उनले सबै विकास योजनामा स्थानीय जनताले सहयोग गर्नुपर्ने र गुणस्तरका लागि खबरदारी गर्नुपर्ने पनि बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here