मनकामना महिला बचतको महिला दिवस

मुख्य खबर समाज

देउखुरी, २५ फागुन । ‘लैंगीक समानताका लागि समान सोंच र व्यवहार समृद्धिको आधार’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस दाङसहित देशभर विभिन्न कार्यक्रमका साथ मनाईएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर मनकामना महिला विकास बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार लमहीमा ¥याली तथा विभिन्न खेलकुद कार्यक्रम गरि मनाएको छ ।
मनकामना महिला विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोमा बस्नेतको अध्यक्षता तथा लमही नगरपालिकाका उपप्रमुख देवका बेलवासेको प्रमुख आतिथ्यता र लमही खानेपानीका एवं नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाहको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवका बेलवासेले महिलाहरु फुटेर होईने जुटेर अगाडि बढ्न सकेमात्र समान सोंच र ब्यवहारमा समान देखिने बताइन् ।
महिलाहरु आपसमा एक हुन नसक्नु दुखद् पक्ष भएको भन्दै प्रमुख अतिथि बेलवासेले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा तय गरिएको नारालाई सार्थक पार्नसके महिलाहरुको मात्र नभई देश समृद्ध हुने बताइन् । संस्थाका उपाध्यक्ष जानका पाण्डेको स्वागत मन्तब्यबट शुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासघ एवं लमही खानेपानीका उपाध्यक्ष लिला शाह, संस्थाका संस्थापक अध्यक्ष लक्ष्मी सुवेदी, उपाध्यक्ष बसन्ता खनाल सिएल सिका पम्फा चौधरीलगायतले आ–आफ्ना भनाई राखेका थिए ।
उक्त अवसरमा कुर्सी दौड र घैटा फोड खेल राखिएको थियो  । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन पार्वती चौधरीले गरेकी थिइन् । कार्यक्रममा लमही जेसिजले महिलाहरुका लागि निःशुल्क पानीको ब्यवस्था गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *