मधुमेह रोगबारे निःशुल्क परामर्श

फिचर मुख्य खबर समाज

तुलसीपुर, २९ कार्तिक । विश्व मधुमेह दिवस सन् २०१९ को अवसर पारेर बिहीबार तुलसीपुरमा मधुमेह रोगबारे निःशुल्क परामर्श प्रदान गरिएको छ । समृद्धिका लागि युवा नामक संस्थाले आयोजना गरेको उक्त कार्यक्रममा मधुमेह रोग एवं पोषणसम्बन्धी परामर्ष प्रदान गरिएको थियो ।
नेपाल मधुमेह समाज तुलसीपुर उपशाखामा आयोजित कार्यक्रममा झण्डै एकसय बढीलाई परामर्श प्रदान गरिएको पोषण परामर्शविद गीता चन्दले जानकारी दिइन । कार्यक्रम नेपाल मधुमेह समाजका अध्यक्ष विष्णुप्रसाद शर्माको अध्यक्षतामा भएको हो । त्यसक्रममा पोषणविद्हरू गीता चन्द र सर्जु बरालले परामर्श दिएका थिए भने नर्सहरू सलिना उपाध्याय र कुसुम धितालले परामर्श प्रदान गरेका थिए । कार्यक्रमको सहजीकरण जेनिसा चौधरी र बसन्त चौधरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *