मदिरामुक्त वडालाई पुरस्कार

फिचर मुख्य खबर समाज

रुकुम, २४ फागुन । रुकुम पश्चिम चौरजहारी नगरपालिकाले सबैभन्दा पहिले मदिरामुक्त घोषणा गर्ने वडालाई ५० हजार पुरस्कार स्वरुप दिने भएको छ । जिल्लालाई मदिरामुक्त घोषणा गर्ने अभियान अन्तर्गत चौरजहारी नगरपालिकाले पनि आफ्ना क्रियाकलाप अगाडि बढाएको छ । चैत पहिलो साताभित्र मदिरामुक्त घोषणा गर्ने वडालाई ५० हजार पुरस्कार दिने नगर प्रमुख विशाल शर्माले जानकारी दिए ।
नगरपालिकामा गठित अनुगमन समितिले अनुगमन गरेर वडा मदिरा निषेध छ भनेर प्रमाणित ग¥यो भने उक्त वडालाई मदिरामुक्त घोषणा गरिनेछ ।
वडालाई मदिरामुक्त घोषणा गर्ने नगरपालिकाको अभियान अन्तर्गत जुन वडाले पहिले मदिरामुक्त घोषणा गर्छ सोही वडालाई पुरस्कार दिने र ढिलो मदिरा मुक्त घोषणा गर्ने वडालाई कारबाही गर्ने नीति लिईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *