- Advertisement -spot_img
Friday, April 16, 2021
Homeमुख्य खबरमदन भण्डारी लोकमार्गले दाङ नछुने

मदन भण्डारी लोकमार्गले दाङ नछुने

- Advertisement -spot_img

दाङ काटेर रोल्पा, सल्यान हुँदै सुर्खेत पु¥याइने
तुलसीपुर, ३० फागुन । सरकारले मध्यपहाडी राजमार्गका रुपमा निर्माण गर्न लागेको मदन भण्डारी राजमार्गको रुट फेरिने भएको छ । झापाको शान्तिपुरदेखि डडेलधुराको जोगबुढासम्म बन्ने मदन भण्डारी लोकमार्ग यसअघिको नक्सा सच्याएर रुट परिवर्तन गर्न लागिएको बताइएको छ । दाङसमेत जोडिएको लोकमार्ग अब दाङ नछोएर रोल्पा र सल्यान हुँदै सुर्खेत पु¥याइने छ ।
यही अनुसार निर्माण हुने भएको छ । सरकारले गत जेठमा १२ सय किलोमिटर लामो मदन भण्डारी लोकमार्ग निर्माण गर्ने घोषणा गर्दा प्यूठान–दाङ–सुर्खेत हुँदै जाने घोषणा गरेको थियो ।
अब मदन भण्डारी लोकमार्ग गुल्मीबाट प्यूठान–रोल्पाको खुङ्ग्री (चतुर्भुज)–घोडागाउँ–माडीचौर–घर्तीगाउँ–जिनावाङ–सल्यानको झ्याम दमाचौर–खलंगा–कुपिण्डे ताल–बालुवा संग्रही हुँदै सुर्खेत जोड्ने गरी संशोधन हुने भएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङले प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई ध्यानाकर्षण गराएपछि मदन भण्डारी लोकमार्ग रोल्पा र सल्यान हुँदै निर्माण हुने भएको उपराष्ट्रपतिका प्रेस सल्लाहकार मनोज घर्तीले जानकारी दिए ।
‘अब मदन भण्डारी लोकमार्ग प्यूठानबाट दाङ–सुर्खेत होइन रोल्पा–सल्यान हुँदै सुर्खेत जोडिन्छ, उपराष्ट्रपतिसँगको घेटमा मन्त्री महासेठको भनाई उद्धृत गर्दै उपराष्ट्रपतिका प्रेस संयोजक घर्ती मगरले भने, ‘यसै अनुसार संशोधन हुन्छ र डिपीआर निर्माण हुन्छ । लोकमार्गको गुल्मी भन्दा पश्चिममा विस्तृत आयोजना प्रतिवेदन
(डिपीआर) बनेको छैन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here