मदन आश्रित चौकमा संकास्पद झोला

फिचर

दाङ ।
दाङको तुलसीपुरमा रहेको मदन आश्रित चौकमा संकास्पद बस्तु देखिएको छ । चौकमा कालो झोला सामान भरिएको अवस्थामा राखिएको फेला परे पछि त्यस आसपासको क्षेत्रमा तनावग्रस्त बनेको छ ।
बेलुका पौने ६ वजे तिर देखिएको झोला कस्ने र किन राख्यो भन्ने नखुलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेम शाहीले बताए । उनले मुख्य चौकमा संकास्पद झोला देखिए पछि त्यो स्थानलाई प्रहरीले नियन्त्रणमा लिइ थप अध्ययन सुरु गरिएको बताए । डिएसपी शाहीका अनुसार नेपाली सेनाको प्राविधिक टोली घटनास्थल तर्फ आउदै गरेको र टोली आए पछि यथार्थ पत्ता लाग्ने बताए । नेपाली सेना १९ नं बाहिनी तुलसीपुरको टोली घटना स्थल पुग्दै छ । स्थानीयहरुले बमको आशंका गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *