मञ्चको वडास्तरीय समिति गठन

मुख्य खबर समाज

तुलसीपुर, १४ असार । तुलसीपुर नगर भूमि अधिकार मञ्चको वडा स्तरीय समिति गठन भएको छ । नगर समितिको आयोजनामा शनिबार भएको एक भेलाले वडास्तरीय समिति गठन गरेको हो ।
मञ्चका नगर समिति अध्यक्ष तुल प्रसाद खरेलको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं ५का वडा अध्यक्ष वीरेन्द्र कुमार शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । भेलाले वडा नं. ५ का दिपक वलीको अध्यक्षतामा २१ सदस्य नयाँ समिति गठन भएको छ ।
समितिको उपाध्यक्षमा मनोज बस्नेत, सचिवमा टिकारम पुन, सहसचिवमा जित बहादुर परियार, कोषध्यक्षमा भवानी केसी रहेका छन् । त्यसै गरेर सदस्यमा धनबहादुर केसी, उपलाल बुढाथोकी, डिल बहादुर विक, विर बहादुर डाँगी, हिरा भण्डारी, उदयबहादुर नेपाली, जीत बहादुर पुन, पवन नेपाली, मानसिंह वली, विरबहादुर गिरी, अनिता खडका, सन्तोष गुप्ता, प्रतिमा हमाल रहेका छन् । त्यसै गरेर प्रेम योगी, भिमबहादुर केसी, हरिबहादुर विकलाई सल्लाहकारमा चयन गरिएको अध्यक्ष वलीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *