मजगैयाँलाई युवा पुरस्कार

मुख्य खबर समाज

घोराही, २७ साउन । यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाँलाई प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा त्रिभुवन नगर जेसिजमा स्थापना गरिएको यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कारबाट अध्यक्ष मजगैयाँलाई प्रदान गरिएको हो । त्रिभुवन नगर जेसिजले आइतबार घोराहीमा एक कार्यक्रमको आयोजना गरी युवाहरुको सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै मज्गैँयालाई नगदसहित कदरपत्रले सम्मान गरिएको हो । त्रिभुवन नगर जेसिजका अध्यक्ष लालमणि भण्डारीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपानेको प्रमुख आतिथ्यता एवं घोराही उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगीको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो । पुस्कार छनौट समितिका संयोजक मिनराज भाटले मजगैयाँले जिल्लामा युवाका लागि पु¥याएको योगदानको विषयमा चर्चा गरेका थिए । मजगैयाँले क्रिकेट विकास र युवाको सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै पुरस्कार प्रदान गरिएको उनले बताए । यसैबीच त्रिभुवन नगर जेसिजका पदाधिकारीले घोराही–१९का मृगौला पीडित केशरमान रोकाको सहयोगको लागि ५४ हजार सहयोग गरेका छन् । समाजसेवी युवा जगत जीएमको नेतृत्वमा केशरमानकी श्रीमती बिमलालाई ५४ हजार नगद प्रदान गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *