- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरमगर साँस्कृतिक संघको महासचिवमा घर्ती

मगर साँस्कृतिक संघको महासचिवमा घर्ती

- Advertisement -spot_img

तुलसीपुुर, २० साउन ।
राप्ती अञ्चल मगर साँस्कृतिक संघकोे महासचिवमा गायक प्रेम विवश घर्ती चयन भएका छन् । संघको शनिबार तुुलसीपुरमा भएको दोस्रो साधारण सभाले घर्तीलाई महासचिवमा सर्वसम्मत चयन गरेको हो । तुलसीपुरमा भएको सभामा मगर संघ नगर कमिटी अध्यक्ष रामकुमार घर्ती मगरले राज्यले मगरहरुलाई पछि पारेको बताए । समावेशीका नाममा एक÷दुईवटा पद दिने तर मगरको कला संस्कृति र भेषभूषा संरक्षणमा भने चासो नदिनु दुःखद् भएको उनले बताए  । मगरहरुको कला संस्कृति र भेषभूषा संरक्षणका लागि मगरहरु नै आफै उठ्नुपर्ने बेला आएको उनले बताए । मगरहरुको पहिचान बचाई राख्न मगरहरुले नै आफ्ना छोराछोरीहरुलाई सानैदेखि मगर पहिचानका बारेमा जानकारी गराउनुपर्ने बेला भएको अठार मगरात साँस्कृतिक संघका अध्यक्ष देवबहादुर रोका मगरले बताए । सभामा बौद्ध सेवा समाज दाङका अध्यक्ष मणि बुढा मगरले मगरहरुको संस्कृतिबिना मगर समुदायको अस्तित्व नरहने बताए । संघका अध्यक्ष खुमेन्द्र पुनको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाका मगर संघ नगर कमिटी अध्यक्ष रामकुमार घर्ती मगरको प्रमुख आतिथ्यतामा भएको सभाको विशिष्ट अतिथिमा अठार मगरात साँस्कृतिक संघका अध्यक्ष देवबहादुर रोका मगर, बौद्ध सेवा समाज दाङका अध्यक्ष मणि बुढा मगर रहेका थिए । भेलाले महासचिवसँगै सदस्य र सल्लाहकारहरु पनि थप गरेको छ । जसमा शान्ता घर्ती मगर, अंकिता पुन मगर रहेका छन् । त्यस्तै सल्लाहकारमा प्रकाश घर्ती मगर र पुष्प घर्ती मगरलाई चयन गरिएको छ ।
भेलाले तुलसीपुर उपमहानगरपालिकाको मगर साँस्कृतिक संघको नगर तदर्थ समिति गठन गरेको छ । जसको अध्यक्षमा दत्त बुढा मगर रहेका छन् । उपाध्यक्षमा खिम घर्ती मगर, सचिवमा मन कुमार रोका मगर, कोषाध्यक्षमा टोपली घर्ती मगरलगायत नौ सदस्यीय रहेको छ । भेलाले नगरका १९ वटै वडाबाट नगर कमिटीमा समावेश गराउन तदर्थ समितिलाई सुझाव दिएको छ । जसको सल्लाहकारमा खिमा सोमै मगर र धर्मदिप पुन मगर रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here