- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरमंसिर १४ मा उपनिर्वाचन

मंसिर १४ मा उपनिर्वाचन

- Advertisement -spot_img

तुलसीपुर, २० साउन । सरकारले मंसिर १४ गते तीनै तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले सिफारिस गरेकै मितिमा सरकारले उपनिर्वाचनको मिति तोकेको हो । कानुनअनुसार निर्वाचन आयोगको सिफारिसमा सरकारले मिति घोषणा गर्छ ।
दाङसहित देशभर तीनवटै तहका रिक्त कुल ५० स्थानमा एकै दिन निर्वाचन गराउन आयोगको सुझाव दिएको थियो । प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३, नगरपालिका प्रमुख–१, गाउँपालिका अध्यक्ष–३, गाउँपालिका उपाध्यक्ष–१ र वडा अध्यक्ष–४१ पदहरु रिक्त छन् ।
यसैबीच आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको तयारी पनि दाङमा शुरु भएको छ । तत्कालका लागि मतदाता नामावली संकलनको काम भैरहेको र अन्य कामहरु केन्द्रको निर्देशन अनुसार हुने जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख पदमप्रसाद रेग्मीले जानकारी दिए ।
दाङमा निर्वाचन क्षेत्र नम्बर ३ को २ मा प्रदेशसभा सदस्यको र घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा वडा अध्यक्ष पदका लागि उपनिर्वाचन हुनेछ । प्रदेशसभा सदस्य उत्तरकुमार वलीको सवारी दुर्घटना र घोराही १६ का अध्यक्ष लछिनप्रसाद बुढाको बिरामी भएका कारण निधन भएको थियो । दाङमा हुने उपनिर्वाचनका लागि ३४ वटा मतदान केन्द्रसमेत निर्धारण गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here