भ्यू–टावर पर्यटकको रोजाइमा

विचार

नेपालमा भ्यू–टावर निर्माणको सुरुवात ६ दशक अघिदेखि सुरु भएको हो । त्रिभुवन राजपथ बनाउँदा भारतीय सेनाको निर्माण टोलीले सीम भञ्ज्याङमुनि दामन भन्ने ठाउँमा भ्यू–टावर निर्माण गरेका थिए । वि.स.२००८ सम्म कुनै पनि विदेशीहरुलाई नेपाल भ्रमणको अनुमति थिएन ।
वि.स.२०१२ मा रुसी पर्यटक बोरिस सिसानेबिचले आफ्नो कम्पनी थोमस कुक एण्ड सनमार्फत नेपालमा विदेशी पर्यटकहरु ल्याउन पहिलोपटक अनुमति पाएका थिए । बोरिसलाई दिइएको यो अनुमतिसँगै नेपालमा विदेशी पर्यटक आउन शुरु भएको हो ।
म्याग्दी जिल्लाको घोरेपानी डाँडाबाट दृश्यावलोकनको लागि बनाइएको आकर्षक पुनहिल टावरमा आजभोलि विदेशी पर्यटकहरु रमाउने गर्दछन् । बिहानीको सूर्योदयसँगै चम्केका हिमश्रृंखलाको अवलोकनमा पर्यटक रमाइरहेका हुन्छन् ।
समुन्द्री सतहदेखि तीन हजार २ सय १० मिटर उचाइँमा रहेको पुनहिल पछिल्लो समय भ्यू–टावरले गर्दा पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।
विश्व प्रसिद्ध राउण्ड अन्नपूर्ण पदयात्राले समेटिएको यो क्षेत्र पदयात्राकै उत्कृष्ट गन्तव्यको रुपमा चिनिन थालेपछि हरेक वर्ष घोडेपानी पुनहिल क्षेत्रको भम्रणमा आउने पर्यटकको संख्या बढ्दै गएको छ ।
लामो र छोटो प्याकेजमा अन्नपूर्ण पदयात्रामा निस्किएका अधिकाश पर्यटकले घोरेपानी क्षेत्रलाई आफ्नो प्रमुख रोजाइमा पार्ने गरेका छन् । पदयात्रा हुँदै घोरेपानीमा पुगेका पर्यटकको लागि पुनहिल भ्यू–टावरबाट देखिने बिहानीको सूर्योदय मुख्य आकर्षण मान्ने गरिन्छ ।
उपत्यका बाहिर यतिखेर भ्यू–टावर निर्माण गर्नको लागि योजना बन्दैछन् । तर नेपालको डाँडाकाँडामा भ्यू–टावर बनाउने कुरामा टिका टिप्पणी पनि हुन थालेको छ । भ्यू–टावर निर्माण गर्नु भनेको छेउछाउका घर,
रुख, ढिस्को भन्दा अलिकति माथि पुगेर दृश्यावलोकन गर्ने अवस्था बनाउनु हो । नेपालका डाँडाकाँडा गगनचुम्बी भ्यू–टावर हुन् भने, त्यसमाथि आर्थिक भारमा किन भ्यू–टावर बनाउने भन्ने तर्क पनि छ । तर पनि भ्यू–टावर निर्माण गर्न भने रोकिएको छैन ।
गुल्मी जिल्लाको मुसिकोटमा ऐतिहासिक महङ्खवको मुसिकोट दरबारस्थलमा संग्रहालय र भ्यू–टावर बन्ने भएको छ । मुसिकोट नगरपालिकाले पौराणिक महङ्खवका सामग्रीको संरक्षणका लागि संग्राहलय र भ्यू–टावर निर्माणको योजना अघि सारेको छ ।
उदयपुर जिल्लाको ऐतिहसिक दरबार चौदण्डीगढीमा पूर्वी नेपालको लगभग सबै स्थानहरु अवलोकन गर्न सकिने भ्यू–टावर बनेको छ । यो भ्यू–टावरबाट नेपालको पूर्वी दक्षिण तराइको समथर फाँटहरु लगायत भारतका केही भूमिहरुसमेत अवलोकन गर्न सकिन्छ ।
मोरङ जिल्लाको निसेलुङ डाँडामा ५० मिटर अग्लो भ्यू–टावर बन्ने भएको छ । उर्लाबारीदेखि सात किलोमिटर उत्तरमा निसेलुङ डाँडा पर्दछ । निसेलुङ डाँडाबाट तराईका समथल भू–भागका मधुमल्ला, उर्लाबारी, दमक चोक अवलोकन गर्न सकिन्छ ।
बारा जिल्लाको निजगढ नगरपालिका वडा नं.४ स्थित शहिद हिरालाल पार्कमा निर्माणाधिन भ्यू–टावरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । शहिद हिरालाल पार्कमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भ्यू–टावर निर्माण हुन लागेको हो । बन्न लागेको यो भ्यू–टावर प्रदेश नम्बर २ को आठ जिल्लाको पहिलो भ्यू–टावर हो ।
भ्यू–टावरमा १५ किलोमिटर परसम्म देख्न सकिने टेलिस्कोप जडान हुनेछ । जसले गर्दा बारा पर्सा रौतहटसहित सिमावर्ती विहारका केही भागसमेत भ्यू–टावरबाट देख्न सकिन्छ ।
तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा पर्ने गुरासको राजधानी तीनजुरे, मिल्के र जलजले क्षेत्रको तीनजुरे पाथीभरा डाँडामा अत्याधुनिक सुविधासहितको बहुउदेश्यीय भ्यू–टावर बनाइने भएको छ । भ्यू–टावर चार तलाको हुनेछ ।
भ्यू–टावरको पहिलो तलामा सूचना केन्द्र, दोस्रो तलामा खुद्रा पसल, तेस्रो तलामा क्याफे र चौथो तलामा भ्यू प्वाइन्ट बन्न लागेको छ । इलामको चिया बगानमा भ्यू–टावर निर्माण भइसकेको छ । चिया बगानभित्र रिसोर्ट तथा कटेजहरु सञ्चालनमा आउन थालेका छन् ।

उपत्यका बाहिर यतिखेर भ्यू–टावर निर्माण गर्नको लागि योजना बन्दैछन् । तर नेपालको डाँडाकाँडामा भ्यू–टावर बनाउने कुरामा टिका टिप्पणी पनि हुन थालेको छ । भ्यू–टावर निर्माण गर्नु भनेको छेउछाउका घर, रुख, ढिस्को भन्दा अलिकति माथि पुगेर दृश्यावलोकन गर्ने अवस्था बनाउनु हो । नेपालका डाँडाकाँडा गगनचुम्बी भ्यू–टावर हुन् भने, त्यसमाथि आर्थिक भारमा किन भ्यू–टावर बनाउने भन्ने तर्क पनि छ । तर पनि भ्यू–टावर निर्माण गर्न भने रोकिएको छैन ।

धरानमा शैलुङ डाँडामा भेडाको मूर्तिसहित नयाँ भ्यू–टावर निर्माण हुन लागेको छ । यो भ्यू–टावरको निर्माण लागत ५३ लाख हुने अनुमान छ ।
मोरङको सिंहदेवीमा रहेको जेफाले डाँडा ७२ लाखको लागतमा ४२ फिट अग्लो चार तले भ्यू–टावर निर्माणपछि जेफाले क्षेत्र पर्यटनको गन्तव्य बन्न थालेको छ । भ्यू–टावरबाट पूर्वका १६ जिल्ला साथै सूर्योदय, सूर्यास्त, हिमाल, पहाड, तराईको दृश्यावलोकन गर्न सकिन्छ ।
जेफालेडाँडा बिहीबारे बजारबाट तीनसय मिटर उत्तर पुगेर एक हजारवटा सिँढी चढेपछि भ्यू–टावर पुगिन्छ । जेफाले डाँडामा छिनछिनमा हुस्सु र कुहिरो लाग्ने भएकाले पर्यटकहरुको मन लोभ्याउने गरेको छ । भ्यू–टावरको दक्षिण पश्चिममा पाथिभरा देवीको मन्दिर छ ।
बागलुङ जिल्ला काठेखोला गाउँपालिका–८ लेखानीमा निजी लगानीमा भ्यू–टावर निर्माण भएको छ । बागलुङ नगरपालिका–२ मा घर भई वैदेशिक रोजगारका लागि युकेमा बस्दै आएका पूर्ण बहादुर श्रेष्ठ र खीम कुमारी श्रेष्ठले आफ्ना स्वर्गीय मातापिता एवं सासु ससुरा कुलमान श्रेष्ठ र डम्बर कुमारी श्रेष्ठको स्मृतिमा लेखानीमा कुलमान श्रेष्ठ भ्यू–टावर निर्माण गरेका हुन् । १५ लाख ५५ हजारमा निर्माण सम्पन्न भएको भ्यू–टावरबाट हिमश्रृंखला र काठेखोला गाउँपालिकाका सबै वडा अवलोकन गर्न सकिन्छ ।
अग्ला र नमुना पुलले पहिचान भएको पर्वत सदरमुकाम कुश्मा बजारमा भ्यू–टावर निर्माण गरिने भएको छ । कुश्मा बजार र आसपासमा रहेका पर्यटकीय क्षेत्रको अवलोकन गर्नका लागि भ्यू–टावर निर्माण गर्न लागिएको हो ।
जिल्ला प्रशासन कार्यालय नजिकै रहेको कुश्मा कालिका मन्दिर परिसरमा भ्यू–टावर निर्माण गरिने भएको छ । निर्माण हुने भ्यू–टावरबाट कुश्मा बजार, मोदीखोला, कालीगण्डकी नदी, नेपालकै अग्लो झोलुङ्गे पुल, केवलकार मोडेलको यान्त्रिक पुल र निर्माणाधीन अवस्थामा रहेको बन्जीजम्पजस्ता महङ्खवपूर्ण स्थल देख्न सकिने भएको छ ।
दाङको घोराही उपमहानगरपालिका १८ स्थित नमः छु बौद्ध गुम्बा परिसरमा मनदिल पुन भ्यू–टावर निर्माण भएको छ । मनबहादुर पुन र उनका छोराहरु गुमान बहादुर पुन, नरेन्द्र पुन र डा. बसन्त पुनको लगानीमा निर्माण भएको भ्यू–टावरमा सिसी टिभि क्यामरा, दुरविन राख्न राखिएको छ ।
भ्यू–टावरबाट एक पटकमा १५ देखि २० जनाले दाङ उपत्यको अधिकांश भू–भाग हेर्न सक्दछन् । नमः छु बौद्ध गुम्बाको परिसरमा ५२ फिट उचाइको भ्यू–टावर ४० लाखको लागतमा निर्माण गरिएको हो ।
पर्वत, कास्की र स्याङ्जा जिल्लाको संगम स्थलमा पर्ने पञ्चासेमा पनि भ्यू–टावर निर्माण भएको छ । पञ्चासेमा आजभोलि बाह्य पर्यटकहरु मात्र होइन आन्तरिक पर्यटकहरुसमेत पुग्ने गर्दछन् ।
पञ्चासेको मौसम सफा र सुन्दर भएकोले पनि पर्यटकहरु दृश्यावलोकनका लागि जाने गर्दछन् । पञ्चासेबाट बाग्लुङ, पर्वत र स्याङ्जाको सदरमुकाम देखिन्छ ।
पञ्चासेको भ्यू–टावरबाट पोखराको फेवाताल र त्यसको किनारमा रहेको लेक साइड पनि देख्न सकिन्छ भने रातिमा त अझै सुन्दर र मोहक देख्न पाइन्छ । कास्की र स्याङ्जाको संगम मट्टीखानमा पनि भ्यू–टावर निर्माण भएको छ ।
यहाँबाट पोखरा उपत्यका देख्न सकिन्छ । कास्कीको पोखरा साराङकोटमा पनि भ्यू–टावर निर्माण भएको छ ।
तानसेन श्रीनगर डाँडामा पनि ३२ मिटर अग्ला ९ तले भ्यू–टावर निर्माण भएको छ । श्रीनगरमा हरियाली जंगल, स्वच्छ हावा, मनोरम प्राकृतिक सुन्दरताका कारण आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्ने गरेको छ ।
श्रीनगरमा बिदाको दिन पिकनिक खाने घुमफिर गर्नेको भिडनै लाग्छ । श्रीनगरमा निर्माण भएको भ्यू–टावरबाट पाल्पाको माडी उपत्यका, दर्जनौ हिमालको दृश्य देख्न सकिन्छ । गुल्मी जिल्लाको ऐतिहासिक स्थल रेसुङ्गा डाँडाको टुप्पोमा ४० फिट अग्लो भ्यू–टावर निर्माण गरिएको छ । यो भ्यू–टावरबाट गुल्मीका अधिकांश भू–भागका साथै बाग्लुङ, स्याङ्जा,
अर्घाखाँची, पाल्पा र प्यूठानसम्मको धेरै गाउँ ठाउँ र प्राकृतिक सम्पदा देख्न सकिन्छ । धनगढीमा जापानमा रहेका नेपालीको आईटी भेन्चर कम्पनीले धनगढीमा भ्यू–टावर निर्माणको तयारी सुरु गरेको छ ।
१ अर्ब २० करोड रुपैयाँ लगानीमा निर्माण गर्न लागेको भ्यू–टावर सार्वजनिक, निजी र साझेदारीको अवधारणामा बन्न लागेको हो । भ्यू–टावर दुई बिगाह क्षेत्रफलमा निर्माण हुनेछ । बन्न लागेको यो भ्यू–टावरबाट धनगढी नगर हेर्न सकिने छ ।
नेपाल बाहेक विश्वका अग्ला टावर हेर्ने हो भने फ्रान्सको राजधानी पेरिसमा रहेको आइफिल टावरको उचाईं ३२४ मीटर छ । जुन ८१ तल्ले भवनको उचाईंको बराबर रहेको छ । यो टावर पर्यटकको लागि ३६५ दिन खुल्ला गरिन्छ ।
यो टावर पर्यटकहरुद्वारा टिकट किनेर हेरिएको संसारकै सबैभन्दा अग्लो भवनको श्रेणीमा पहिलो स्थानमा रहेको थियो । यसको निर्माण सन् १८८७ देखि सन् १८८९ मा भएको थियो । आइफिल टावरको रचना गुस्ताभ आइफिलद्वारा गरिएको हो र उनैको नाममा टावरको नामकरण गरिएको हो । जतिखेर यस टावरको निर्माण भएको थियो त्यति बेला यो संसारकै सबैभन्दा अग्लो टावर रहेको थियो ।
तर अहिले साउदी अरबले नयाँ टावर बनाउन लागेको छ । विश्वकै अग्लो नयाँ टावर ३२,८० फिट अर्थात १ किलोमिटर अग्लो हुनेछ । यो टावर सन् २०२० सम्म बनाइसकिने योजना छ ।
अहिले दुबईमा भएको बुर्ज खालिफा २,७१६ फिट अर्थात ८२७ मिटर अग्लो छ । अर्कोतर्फ न्यूयोर्क आर्किटेक्चरल फर्मले एक नयाँ घुमाउरो यु आकारको विश्वको सबैभन्दा लामो भवन अर्थात् टावर निर्माण गर्ने भएकोे छ ।
यसको नाम ‘द विग वेन्ड’ रहनेछ । यसको लम्वाई ४ हजार फिट अर्थात १ दशमलव २२ किलोमिटर हुने छ । यसको टुप्पामा यु आकारको मोड बनाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *