भूमि व्यवस्थापन गर्न माग

मुख्य खबर समाज

घोराही, १९ भदौ । प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले राज्यले भूमिको व्यवस्थापन गर्नसकेमा एकै पटक ३६ लाख बढी जनताले लालपूर्जा पाउने बताएका छन् । प्रतिनिधिसभामा सोमबारको बैठकमा भूमिसम्बन्धी सातौ संशोधनको सैद्धान्तिक छलफल गर्दै सांसद चौधरीले भूमि व्यवस्थापन हुनसके एकै पटकमा ३६ लाख ५६ हजार २ सय ५ जनाले लालपूर्जा बताए । एक सय ४५ बर्ष अगाडि डोरीले नापेको आधारमा काम चलाई रहेको भन्दै चौधरीले भूमि उचित तरिकाले व्यवस्थापन हुनसकेमा सदियौँदेखि रहदै आएका समस्याहरु समाधान हुने बताए । भूमिको उचित व्यवस्थापन गर्नसकेमा ६२ जिल्लाको साविकका एक सय १४ गाविसका सात सय ४० स्थानका जनताले जग्गाको स्वामित्व पाउने बताए । यस्तै गुठीको जमिनलाई अधिया शर्तमा व्यवस्थापन गर्दा दुई लाख २० हजार चार सय ९५ बिगाह जमिन व्यवस्थापन हुने बताए । नेपालमा २९ लाख २४ हजार नौँ सय ६४ बिगाह मोही किसानहरुको संख्या रहेको भन्दै अधिया शर्तका आधारमा व्यवस्थापन गर्न सकिने जसले सात लाख ३१ हजार दुई सय ४१ बिगाह जमिनको व्यवस्थापन हुने दाबी गरे । सही ढंगले जमिनको नापी हुन सकेमा भूमिमा देखिएका सबै प्रकारका समस्या समाधान हुने बताए । यस्तो अवस्थामा देशमा कोही पनि जमिन नभएको जनता नहुने बताए । भूमिमा गरी खानेहरुले भन्दा पनि सम्पन्न वर्गमा जमिनको अधिकार रहेको भन्दै समाधानका लागि सरकारलाई पहल गर्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *