- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरभुस्याहा कुकुरको सास्ती

भुस्याहा कुकुरको सास्ती

- Advertisement -spot_img

बजारमा भुस्याहा कुकुरले सास्ती दिइरहेका छन् । सहरी क्षेत्र या ग्रामीण क्षेत्र सबै स्थानमा भुस्याहा कुकुरले सबैलाई हैरान पार्दै आएका छन् । यस्ता स्थानीय स्तरमा देखिने समस्याको ब्यवस्थापन र समाधान स्थानीय तहबाटै हुन जरुरी छ । त्यो अधिकारलाई स्थानीय तहले प्रयोग गर्नसकेमा भुस्याहा कुकुरको सास्तीबाट आजित बनेका नागरिकहरुले राहत महसुस गर्नेछन् । सबै सेवा सुविधा र स्थानीय स्तरबाट ब्यवस्थापन गर्ने अधिकार पनि स्थानीय तहमा छ । तर साना–साना समस्या समाधानका लागि पनि जिल्लामा प्रयास हुने गरेका छैन ।
सडक ब्यवस्थापन, छाडा चौपाया, भुस्याहा कुकुर ब्यवस्थापन चुनौती बन्दै गएको छ । पछिल्लो समयमा जिल्लामा भुस्याहा कुकुरको बिगबिगी र नागरिकलाई सास्ती बढ्दै गएको छ । भुस्याहा कुकुर ब्यवस्थापन गर्न तुलसीपुर, घोराही उपमहानगरले बन्ध्याकरणको अभियान सञ्चालन गरेको भएपनि त्यसको प्रभावकारिता अझै देखिएको छैन । भुस्याहा कुकुरलाई बन्ध्याकरण गरेर ब्यवस्थापन गर्नु राम्रो र सकारात्मक कार्य हो । त्यसलाई दीर्घकालिन रुपमा लग्न सकेमा आगामी दिनमा भुस्याहा कुकुरको समस्या समाधानको बाटोमा जाने निश्चित छ । चौक–चौकमा देखिने भुस्याहा कुकुरको ब्यवस्थापन अहिले अनिवार्य र अपरिहार्य जस्तै भएको छ । भुस्याहा कुकुरको बिगबिगी बढ्दा अहिले एन्टी रेबिज भ्याक्सिनको समेत जिल्लामा केही अभावको संकेत देखिएको छ । बजार क्षेत्रमा मात्रै चौक–चौकमा भुस्याहा कुकुरहरुले सास्ती दिने गरेका छन् । ग्याङ बनाएरै बसेका भुस्याहा कुकुरले बटुवादेखि सवारी साधनसम्म आक्रमण गर्नपछि पर्दैनन् । त्यसले आम नागरिकलाई सास्ती दिइरहने हुँदा यसको ब्यवस्थापन अपरिहार्य देखिन्छ । यो अवस्थालाई मध्यनजर गरेर स्थानीय सरकाले पनि भुस्याहा कुकुर नियन्त्रणमा ध्यान दिनुपर्छ ।
भुस्याहा कुकुरको संख्या बढ्दै जाने र आक्रमण पनि बढ्दै गएमा उपचारका लागि अस्पतालमा जाने सबै बिरामीहरुले सहज रुपमा एन्टी रेबिज भ्याक्सिन नपाउने अवस्था पनि हुनसक्छ । कुकुरको बिगबिगी बढ्दै जाँदा आम नागरिकमा त्रास फैलिएको छ । यस्तोमा भुस्याहा कुकुर ब्यवस्थापन पहिलो प्राथमिकता हुनुपर्छ । स्थानीय तहहरुले यो विषयमा गम्भीर भएर कार्ययोजना बनाएर ब्यवस्थापन थाल्नुपर्छ । भुस्याहा कुकुर नियन्त्रणलाई महत्व दिनुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here