- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरभुक्तानी बुझ्ने र भत्किने सँगसँगै

भुक्तानी बुझ्ने र भत्किने सँगसँगै

- Advertisement -spot_img

गुणस्तरहीन विकास …
दाङ, १ साउन । आर्थिक वर्षको अन्त्यतिर विकास निर्माणका काम हुँदा गुणस्तरहीन भएका विभिन्न गुनासाहरु आउने गरेका छन् । दाङमा पनि आर्थिक वर्षको अन्त्यतिर अर्थात् असार महिनामा थुप्रै विकास निर्माणका कामहरु भएका छन् ।
तर कतिपय आर्थिक वर्षको अन्त्यमा गरिएका विकास निर्माण असारमै भएको वर्षाले भत्किएका पनि छन् । असारे विकास निर्माणका काम गुणस्तर नभएकोे उदाहरण बनेको छ ।
दंगीशरण गाँउपालिका–१ कनरिया खोलामा निर्माण गरिएको वाल । रहरपुर सडक स्तरोन्ननी योजना दंगीशरण–१ रहरपुरअन्तर्गत निर्माण गरिएको वाल भत्किएको हो ।
आरसीसी प्रक्रियाबाट निर्माण गरिएको वाल निर्माण गरेको केही समयमै भत्किएको छ । जसलाई उपभोक्ता समितिले तत्काल डोजर लगाएर उठाई कमजोरी लुकाउने कामसमेत गरेका छन् ।
खोला बस्तीमा पस्नबाट बचाउन निर्माण गरिएको आरसीसीवाल गाउँपालिकाले रकम निकासा गरेको केही दिनमा ढेलेको हो । दंगीशरण गाउँपालिकाको करिब ७ लाख बजेटमा निर्माण गरिएका आरसीसी वाल भत्किएको स्थानीय योगराज डाँगीले बताए ।
‘निर्माण सम्पन्न भएको १० दिन पनि भएको छैन्, खोलामा आएको बाढी रोक्नलाई बनाएको आरसीसी वाल भत्कियो, खै कसरी निर्माण गरियो, कसरी फरफारक गरियो, सबै कागजमै मिलाएर फरफारक भएको जस्तो छ, तीनवटा मध्ये २ वटा आरसीसी वाल डोजर लगाएर उठाइएको छ उनले भने ‘यो कस्तो विकास हो । खोला रोख्न बनाईको संरचना टेको लगाएर अड्याउनु पर्ने ।’
‘हामी स्थानीयले पुन निर्माण गर्नुपर्ने भनेका छौँ, तर मिलाउने र त्यसमै टालटुल पार्ने रणनीति चलिरहेको छ । उनले भने यति त्यो हुन्छ भने स्थानीयको स्वीकार्य हुने छैन ।’
उपभोक्ता समितिमार्फत भएको आरसीसी वाल १० दिन नपुग्दै भत्किएपछि स्थानीयले पुनः शुरुबाटै निर्माण गर्नुपर्ने मागसमेत गरेका छन् भने उपभोक्ता समिति भने टालटुल गर्ने प्रयासमा लागेको छ ।

आरसीसी प्रक्रियाबाट निर्माण गरिएको वाल निर्माण गरेको केही समयमै भत्किएको छ । जसलाई उपभोक्ता समितिले तत्काल डोजर लगाएर उठाई कमजोरी लुकाउने कामसमेत गरेका छन् । खोला बस्तीमा पस्नबाट बचाउन निर्माण गरिएको आरसीसीवाल गाउँपालिकाले रकम निकासा गरेको केही दिनमा ढेलेको हो ।

उपभोक्ता समितिका अध्यक्ष बस्नेतले आरसीसी भत्किएको स्विकार गर्दै प्राविधिकसहितको उपस्थितिमा गरिएको काम पास भइसकेकाको तर एउटा भने निर्माण गर्न तयार रहेको बताए । ‘खासमा ३८ मिटर लामो निर्माण गर्नुपर्नेमा आफ्नै ठाउँमा भनेर पाँच मिटर बढी बनाएका थियौँ, तर भत्कियो’ उनले भने । ‘यसलाई बनाउँछु ।’
वाल निर्माण उपभोक्ता समितिका अध्यक्ष बस्नेतले प्रदेश टुडेलाई भने ‘काम त राम्रै गरिएको हो, तर वर्षातका कारण खोलाले भत्कायो, आरसीसी वाल निर्माण गरिएको ठाउँको माटो नै थलथल गर्ने छ, त्यसैले होला ।’ हामी मर्मत गर्नेछौँ ।
खोलाबस्तीमा पस्नबाट बचाउन निर्माण गरिएका वाल वर्षा शुरु नहुँदै भत्किएपछि स्थानीयलाई फेरी त्रास छाएको छ । स्थानीय सरकारको बजेटमा निर्माण गरिएको विकास अनुगमन नभएरै रकम भुक्तानी भएको स्थानीयले आरोप लगाएका छन् ।
‘खै कसरी रकम भुक्तानी भयो, वर्षा नलाग्दै विकास जति खोलाले बगाएको छ, आखिर कहिलेसम्म जनताले तिरेको करको रकमको खोलाले बगाउने हो ।’
स्थानीय अभिशेक डाँगीले भने ‘गाँउपालिकाले समितिलाई छानबीन गरेर पहिले कै लगानीमा निर्माण गर्न नलगाउने हो भने हामीहरुलाई मान्य हुँदैन्, जसरी पनि पहिले कै लगानीमा यो वाल निर्माण गरिनुपर्छ ।’
गाउँपालिकाका इन्जिनियर अनिल आचार्यले जमिन थलथल गर्ने समस्या भएकाले यो समस्या आएको बताए । उनले तत्काल मर्मत र सुधार गर्न उपभोक्ता समितिलाई निर्देशन दिइ सकेको बताए ।
गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीले तीनवटा वालमध्ये १ वटो भत्किएको र त्यो उपभोक्ता समितिले नै बनाउने सहमति भएको बताए । ‘अरु भत्किन्छ भन्ने ग्यारेन्टी छैन् तर भत्किने अवस्था रहेको छ । एउटा भत्किएको समितिले नै बनाउने सहमति भैसकेको छ, प्राविधिक स्टिमेट नै गल्ती भएको रहेछ’ उनले भने ।
स्थानीय शम्भु गिरीले जनताको करबाट बन्ने विकास निर्माणमा हेल्चेक्¥याई भएको बताए । हामीले खोजेको विकास दीगो हो । तर यहाँ विकासमा खेल भइरहेको छ, उनले भने, अनुकूल दलका सदस्यलाई उपभोक्ता समितिमा ल्याइन्छ र अनि योजनामा मिलान हुन सुरु हुन्छ, त्यहि दंगीशरणमा भएको हो ।
उनले उपभोक्ताको मनोमानीका कारण आर्थिक वर्षको अन्त्यमा हतार–हतारमा निर्माण गरिएका विकास निर्माणका काम गुणस्तरहीन हुने र आर्थिक चलखेल समेत हुने गरेको गिरीले आरोप लगाए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here