- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeमुख्य खबरभिष्म स्मृति प्रतिष्ठानको चौथो साधारण सभा

भिष्म स्मृति प्रतिष्ठानको चौथो साधारण सभा

- Advertisement -spot_img

विजौरी, १९ साउन  ।
भिष्म स्मृति प्रतिष्ठानको चौथो साधारण सभा शुक्रबार विजौरीमा सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष मोतीराज गौतमको अध्यक्षता एवं वरिष्ठ सल्लाहाकार श्याम रेग्मीको प्रमुख आथित्यमा कार्यक्रम भएको हो । प्रतिष्ठानका सदस्य विदुर गौतमको स्वागत मन्तव्यबाट सुरु भएको उक्त सभामा बोल्ने वक्ताहरुले व्यक्तिगत स्वार्थमा भन्दा सामाजिक योगदानका विषयमा यो प्रतिष्ठानले पु¥याएको योगदानको प्रशंसा समेत गरेका थिए । विशेष त यो प्रतिष्ठानले ग्रामीण क्षेत्रमा स्वास्थ्य सम्बन्धी कार्य गरेको भन्दै आगामी दिनहरुमा पनि निरन्तरता दिन सुझाव दिएका थिए ।
समाजसेवी अनोद कुमार देवकोटा, विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष मुकेश वली, भिननाथ गौतम, मोहनसिंह केसीलगायतले बोलेका थिए । प्रतिष्ठानका कोषाध्यक्ष किशोर गौतमले आर्थिक प्रतिवेदन, सचिव टिकाराम पौडेलले साँगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
विजौरीका समाजसेवी तथा राजनीतिज्ञ व्यक्ति भिष्मराज गौतमको २०६९ असार १८ गते क्यान्सरबाट मुत्यु भएको थियो । उनै भिष्मको नामबाट गठन गरिएको प्रतिष्ठानले क्यान्सर सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दे आइरहेको छ । उक्त साधारणसभाले दुईजना दानवीर दुर्गावहादुर खत्री र लालवीर खड्कालाई सम्मान गरेको थियो भने कार्यक्रमको सहजीकरण सचिव टिकाराम पौडेलले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here