दाङ, २९ भदौ । थारु कल्याणकारीणि सभाको आफ्नो भवन बन्ने भएको छ । थारु समुदायको हकहित स्थापित गराउने उद्देश्यले सात दशक पहिले स्थापना भएको थारुहरुको साझा संस्थाले आफ्नो स्वामित्वको एउटा कार्यालयसम्म बनाउन नसक्दा सम्बद्धहरुलाई विभिन्न प्रयोजन बैठक, प्रशिक्षण, गोष्ठी लगायतका सामूहिक बसाइँ गर्नुपर्दा निकै खर्चालु र अव्यवस्थित भएको केन्द्रीय सदस्य चूर्ण बहादुर चौधरीले बताए ।
‘हाम्रो कार्यकालमा काठमाडौँमा साझा घर बनाउने छौं’ चौधरीले थपे । सभाको जिल्ला शाखा हरुको अधिकांश शाखाले आफ्नो स्वामित्वको भवन बनाइ सकेता पनि केन्द्रीय कार्यालय अहिलेसम्म मासिक भाडामा दैनिक कार्य सञ्चालन गर्दै आएको महासचिव मिनराज चौधरीले बताए ।
यस समस्याको समाधानका लागि नेपालको सामाजिक परिवेशसँग सम्बन्धित रहेर जापानको जोसई इन्टरनेशनल युनिभरसिटीमा विद्यावारिधी शोधपत्र लेख्दै एक बिजनेस कलेजमा अध्यापनरत दाङका प्राध्यापक कनैलाल चौधरीले थारु कल्याणकारीणि सभा जापानको संस्थापक सभापतिमा हालै चयन भएका छन् ।
शिक्षा, स्वास्थ्य, दिगोविकास, राष्ट्र राष्ट्रियता एवं साँस्कृतिक पहिचानको विषयमा चिन्तनशील प्राध्यापक चौधरीले सभापतिको जिम्मेवारी पाएसँगै थारु कल्याणकारिणी सभाको अन्य विदेश शाखा मलेसिया, कतार, युएई, कोरियाका सभापति आरएन थारू शिवशंकर महतोलगायतले प्रतिबद्धता जनाएको उनले बताए ।
यस कार्यका लागि कुनै पार्टी, जाति, भाषा, धर्म, क्षेत्रको रूपमा पूर्वाग्रह नराखी सामाजिक अभियान्ता, उद्योगी, व्यवसायी, राष्ट्रसेवक, राजनेता सम्पूर्णसँग सहयोगको अपेक्षा गरेका छन् ।
थारु कल्याणकारीणि सभा केन्द्रीय कार्यसमिति तथा जिल्ला शाखाहरुसँग समन्वय सहकार्यमा दुई वर्षभित्रमा १६ कोठे सभाकक्षसहितको बहुउद्देश्यीय भवन निर्माणका लागि साढे ३ करोड रुपैयाँ आवश्यकता रहेकोले जोहो गर्न प्रा. चौधरी अभियानमा लागिपरेका छन् ।
