भरुवा बन्दुकसहित पक्राउ

मुख्य खबर

दाङ, ११ पुस । दाङ प्रहरीले भरुवा बन्दुकसहित दुईजनालाई पक्राउ गरेको छ । राजपुर गाउँपालिका निवासी ५० बर्षीय नरबहादुर घर्ती र रेशमबहादुर बुढाथोकीलाई भरुवा वन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । एकजनलाई गोली लागेको घटना सार्वजनिक भएपछि त्यो खोज्दै जाँदा उनीहरु पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । आइतबार नरबहादुर घर्तीले बोकेको भरुवा बन्दुक पटड्किएर ४० बर्षीय धनलाल पुनलाई गोली लागेको घटना सार्वजनिक भएपछि प्रहरीले बन्दुकको खोजी थालेको थियो ।
स्थानीय केही व्यक्तिको घरमा खानतलासी गर्दा तीन नाल भरुवा बन्दुक बरामद भएपछि अवैध हतियार राख्ने दुईजना व्यक्तिलाई समेत ईलाका प्रहरी कार्यालय गढवाले पक्राउ गरेको थियो । दाहिने खुट्टाको गोली गाठा भरुवा बन्दुकको गोली लागेर घाइते भएका धनलाल पुनको भने अहिले बाँकेमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले जानकारी दिए । प्रहरीले स्थानीय डिल्लीबहादुर खड्का र नरबहादुर घर्तीको घर खानतलासी गर्दा तीन नाल भरुवा बन्दुक बरामद भएपछि उनीहरुलाई पक्राउ गरिएको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *