तुलसीपुर, ५ चैत । दाङमा भरुवा बन्दुकसहित एकजना ब्यक्ति पक्राउ परेका छन् । घरमा अवैध रुपमा भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाका आधारमा छापा मार्दा तुलसीपुर उपमहानगरपालिका वडा नं.३ सिरखोला बस्ने ५४ बर्षीय छविलाल थापालाई प्रहरीले पक्राउ गरेको हो ।
घरमा लुकाई छिपाई राखेको एकनाल भरुवा बन्दुक सहित सोमबार बिहान नौ बजेतिर पक्राउ गरी अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखएको प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।