- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरभयसहित वातावरणमा परीक्षा

भयसहित वातावरणमा परीक्षा

- Advertisement -spot_img

दंगीशरण, २ चैत । शिक्षण संस्थाहरुको क्षेत्राधिकार स्थानीय तहमा हस्तारण भएपश्चात् स्थानीय तह मातहत रहेका विद्यालयहरुको परीक्षा स्थानीय तहहरुले शिक्षा शाखामार्फत आ–आफनै ढंगले सञ्चालन गरिरहेका छन् । सोही अनुरुप दंगीशरण गाउँपालिकामा पनि शुक्रबारदेखि गाउँपालिकास्तरीय कक्षा ८ को परीक्षा सुरु भएको छ ।
शुक्रबार पहिलो दिन सौहार्दपूर्ण वातावरणमा परीक्षा भएको छ । दंगीशरण गाउँपालिकाअन्तर्गतको शिक्षा शाखाले शुक्रबार दंगीशरण गाउँपालिकाभित्रका पाँचवटा परीक्षा केन्द्रहरुको अनुगमन गरेको छ । जस अन्तर्गत कक्षा ८ को गाउँपालिका स्तरीय परीक्षाको परीक्षा केन्द्रमा गएर अनुगमन गरेको हो । शुक्रबार पहिलो दिन अनुगमनका क्रममा सबै परीक्षा केन्द्रमा अनुशासनपूर्वक परीक्षार्थीहरु परीक्षामा सहभागी भएको पाईएको थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मार्शल कुमार वली, शिक्षा शाखाका प्रमुख चक्रबहादुर वली, परीक्षा समितिका सदस्य सचिव अनिल केसीलगायतको टिमले सुरुमा मोर्डन गोल्डेन स्टार एकाडेमी बागर परीक्षा केन्द्रको अनुगमन गरेको थियो । जहाँ ७९ जना विद्यार्थीमध्ये ७८ जना परीक्षार्थीहरुले परीक्षा दिएका थिए र १ जना परीक्षार्थी अनुपस्थित रहेको पाईएको थियो ।
यसैगरी सिद्ध पृथ्वी जनता माध्यमिक विद्यालय श्रीगाउँमा ५५ जना परीक्षार्थीहरुको उपस्थिति रहेको थियो । यस्तै बबई पब्लिक बोर्डिङ स्कुल गोल्टाकुरीमा ७५ जना, भानु माध्यमिक विद्यालय प्रसडुवामा ३२ जना र माध्यमिक विद्यालय मधपुरमा ४० जना परीक्षार्थीहरुको उपस्थिति रहेको थियो । अनुगमन क्रममा सबै परीक्षा केन्द्रहरुमा भयरहित वातावरणमा अनुशासनपूर्वक परीक्षा भएको पाइएको थियो ।
परीक्षालाई अनुशासित र मर्यादित बनाउन अनुगमनमा तिव्रता दिइने परिक्षा समितिका सदस्य सचिव अनिल केसीले बताए । शुक्रबार पहिलो दिन परीक्षार्थीहरुले अंगे्रजी बिषयको परीक्षा दिएका छन् । शुक्रबार चैत्र १ गतेदेखि शुरु भएको कक्षा ८ को परीक्षा चैत्र ११ गते सकिनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here