- Advertisement -spot_img
Friday, April 16, 2021
Homeमुख्य खबरब्राउन सुगरसहित तीनजना पक्राउ

ब्राउन सुगरसहित तीनजना पक्राउ

- Advertisement -spot_img

दाङ, २१ जेठ । दाङ प्रहरीले ब्राउन सुगरसहित तीनजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले एक सय ८० ग्राम ब्राउन सुगरसहित केही नगद रुपैयाँ, गाडीसमेत तीनजनाबाट नियन्त्रणमा लिएको जनाएको छ ।
ब्राउन सुगरसहित सुर्खेत बिरेन्द्रनगर नगरपालिका–५ का ३६ बर्षिय लक्ष्मण सापकोटा, नेपालगंज उपमहानगरपालिका–१५ का ३२ बर्षिया गुड्डु कवडिया र सोही ठाउँ निवासी २४ बर्षकी रुक्सार कवडियालाई पक्राउ गरेको दाङ प्रहरीले जनाएको छ ।
सापकोटा गाडी चालकहरु हुन् भने अन्य दुईजना गाडीमा रहेका व्यक्ति हुन् । उनीहरुसँगै प्रहरीले बा १९ च ८८३३ नम्वरको हाईलेक्स गाडी समेत नियन्त्रणमा लिइएको छ ।
नेपालगंजबाट दाङतर्फ आइरुहेको गोप्य सूचनाका आधारमा प्रहरीले लमही नगरपालिका–९ अमिलिया चोकबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिए ।
साथै प्रहरीले उनीहरुको साथबाट नगद सात हजारसहित तीन थान मोवाइल पनि नियन्त्रणमा लिएको छ । पक्राउ परेका उपर लागूऔषध ओसारपसार तथा बिक्री वितरण गरेको कसूरमा लागूऔषध (नियन्त्रण) ऐन २०३३ अनुसार मुद्दा दर्ता गरेर अनुसन्धान भईरहेको शाहले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here