प्रदेश टुडे
घोराही, २६ फागुन ।
दाङको घोराहीमा आइतबार ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा नवराज भण्डारी र दिपक पाण्डे प्रथम भएका छन् ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको ५०औँ स्थापना दिवसको अवसरमा प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा मनोहर बुढाथोकी र वेगम खत्री द्वितीय भएको ब्याडमिन्टन प्रतियोगिता उपसमिति संयोजक सुशील पोख्रेलले जानकारी दिए ।
अग्नीपीडितलाई राहत
यसैबीच दाङ जिल्ला उद्योग वाणिज्य संघले अग्नीपीडित समन शर्मालाई राहत रकम प्रदान गरेको छ । संघले आइतबार घोराही डेरी उद्योगका मालिक शर्मालाई राहत स्वरूप ५१ हजार रकम प्रदान गरेको हो ।
संघका सदस्यसमेत रहेका शर्मालाई व्यावसायिक सुरक्षा कोषमार्फत उक्त रकम उपलब्ध गराईएको संघका अध्यक्ष नारायणप्रसाद भुसालले बताए ।
केही दिनअघि शर्माको दूग्ध डेरीमा ग्याँस लिक हुँदा आगलागी भएको थियो । त्यसैगरी संघले संस्थाका साधारण सदस्य सावित्री खरेलको परिवारलाई मृत्यु राहत रकम प्रदान गरेको छ ।
संघको कार्यसमितिसहितको टोलीले आइतबार खरेलको परिवारलाई राहत स्वरूप २५ हजार रूपैयाँ प्रदान गरेको हो ।