ब्यवसायिक किसानलाई सामग्री प्रदान

मुख्य खबर समाज

तुलसीपुर, ८ जेठ ।
तुलसीपुर उप–महानगरपालिका पशु सेवा शाखाले दूग्ध उत्पादन ब्यवसायमा लागेका किसानहरुलाई सामाग्री प्रदान गरेको छ । तुलसीपुर क्षेत्रमा रहेका ब्यवसायीक किसानहरुलाई दूध वोक्न प्रयोग हुने क्यान र घाँस काट्ने च्यापकटर प्रदान गरेको पशुशाखा प्रमुख सुदाम भट्टले जानकारी दिए । उनले किसानहरुलाई ब्यवसायप्रतिको मोह बढाउन र दूग्धजन्य पदार्थमा शुद्धता ल्याउन उपकरण र सामग्री सहयोग गरिएको बताए ।
शाखाले एक कार्यक्रमको आयोजना गरी सामग्री हस्तान्तरण गरेको छ । सामग्री हस्तान्तरण गर्दै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले अनुदानको सही सदुपयोग गरेर लाभ लिन किसानहरुलाई आग्रह गरे । उनले तुलसीपरमा पशु अस्पताल सञ्चालन गर्न लागिएको बताए । कार्यालयका प्राविधिक सुवास आचार्यले ३० वटा दुध वोक्ने क्यान र आठवटा च्यापकटर किसानहरुलाई प्रदान गरिएको जानकारी दिए । सामग्री पाएका किसानहरुले ब्यवसायमा हौसला मिलेको भन्दै यस्तो सहयोगले ब्यवसाय राम्रो बनाउने
बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *