- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरबौरिदै आयुर्वेद अस्पताल

बौरिदै आयुर्वेद अस्पताल

- Advertisement -spot_img

विजौरी, ७ जेठ ।
सुनसान अवस्थामा बिरामी कुरी रहेको दाङको विजौरीमा रहेको मध्यपश्चिम क्षेत्रीय आयुर्वेद चिकित्सालयमा केही समय यता बौरिन थालेको छ । अस्पतालमा चहलपहल बढ्न थालेको छ । पछिल्लो समय अस्पतालमा उपचारको लागि आउने बिरामीको संख्या बढेर गएको छ । प्राकृतिक पद्धतिबाट उपचार हुने अस्पतालमा गएको सालभन्दा केही समय यता उपचारको लागि आउने बिरामीको संख्या बढेर गएको अस्पताल विकास समितिका अध्यक्ष भैरवराज मजगैयाँले बताए ।
उनका अनुसार गत वर्ष दैनिक दश जनासम्म उपचारको लागि आउने बिरामीको संख्या बढेर अहिले सरदर ५० पुगेको छ । २०४८ सालमा स्थापना भएको चिकित्सालयमा एक दशक पहिले उपचारको लागि आउने बिरामीको संख्या दैनिक दुई सयको हाराहारीमा रहने गरेको थियो । बीचमा आएर बिरामीको अस्पतालप्रतिको विश्वास घट्दै आएको थियो अहिले फेरि विश्वास झाँगिदै गएको छ ।
तत्कालीन समयमा अस्पतालमा उपचार गराउन आउने बिरामीको संख्यालाई देख्दा अस्पताल सबैको आशाजस्तै थियो तर बीचमा आएर अस्पताल पूर्णरुपमा निस्क्रिय जस्तै देखियो । अहिले भने बिगत केही महिना यता अस्पतालमा उपचारको लागि आउने बिरामीको संख्या धेरै बढेको छ । बिरामीको संख्यालाई हेर्दा केही खुसीसमेत तुल्याउने गरेको स्थानीयहरुको भनाइ रहेको छ ।

विभिन्न विशेषज्ञसहितको सेवा दिने अस्पतालले पूरापुर जनशक्ति नहु“दा पनि पछिल्लो केही महिना यता अस्पतालमा भएको जनशक्तिलाई परिचालन गरेर आफूहरुले सेवा प्रवाह गरिरहेको अस्पतालका निर्देशक राम कामेश्वर ठाकुरले बताए ।


विभिन्न विशेषज्ञसहितको सेवा दिने अस्पतालले पूरापुर जनशक्ति नहुँदा पनि पछिल्लो केही महिना यता अस्पतालमा भएको जनशक्तिलाई परिचालन गरेर आफूहरुले सेवा प्रवाह गरिरहेको अस्पतालका निर्देशक राम कामेश्वर ठाकुरले बताए । उनका अनुसार हाल अस्पतालले पञ्चक्रर्मः शिरोधार, नश्या, क्षारसुत्र, बस्ती, एकुपञ्चर, निःशुल्क दैनिक योग शिक्षालगायतका उपचार विधिहरु अवलम्बन गरेर बिरमीहरुलाई उपचार सेवा दिइरहेको छ ।
अस्पतालमा एक्कुपञ्चर सेवा, अल्ट्रासाउण्ड, प्याथोलोजी, एक्सरे, रेडियोग्राफरजस्ता सेवाहरु पनि सुचारु भएका छन् । भने केही तत्काल सुचारु गरिने अवस्थामा रहेको उनले बताए । अस्पताल विकास समितिका अध्यक्ष मजगैयाँले ‘चिकित्सालयको अवस्थामा कुनै कमी नआएको बताए । उनले अहिले अस्पतालको सेवा, सुविधा वातावरण फेरिदा बिरामीको चाप बढेको बताए । हिजो दैनिक दश जनासम्म बिरामी नआउने यो अस्पतालमा अहिले बिरामी संख्या बढेर ५० बढी पुगेको छ, हामीले अस्पताललाई कसरी अघि बढाउन सकिन्छ राम्रो गर्न सकिन्छ भनेर लागेका छांै ।
‘अस्पताललाई चाहिने सामाग्रीको हिसाबले लगभग सबै चिज छ, तर सामाग्री चलाउने जनशक्ति छैन, एक्सरे छ, एक्सरे चलाउने मान्छे छैन, यो राज्यको दायित्व हो आफूहरुले त यसलाई चुस्तदुरुस्त राख्ने हो’ उनले भने, ‘अस्पतालमा स्रोत अभावका कारण भएको एक्सरे मेसिनसमेत बनाउन सकिएको छैन, कहिलेकाहि आफूहरुलाई लाग्छ केन्द्रमा केन्द्र सरकार छ, प्रदेशमा प्रदेश सरकार छ, जिल्ला तथा गाउँमा स्थानीय सरकार रहेको छ, तर पनी कुन सरकारमा पर्छौ र कसले यो कुरा सुनिदिने हो हामी आफै अन्यौलमा छौँ ।’ एउटा घरको नाइके गतिशील बन्यो भने त्यो घरले प्रगती गर्छ । त्यस्तै अहिले अस्पतालमा डाक्टर कामेश्वर आएपछि अस्पतालले गति लिन थालेको अस्पताल विकास समितिका अध्यक्ष मजगैयाँले बताए ।

३० जनाको दरबन्दी रहेको अस्पतालमा आधा दरबन्दी खाली छ । चारवटा महङ्खवपूर्ण चिकित्सक दरबन्दी रहेको स्थानमा अहिले डाक्टर रामकामेश्वर ठाकुर मात्र एक्लै रहेका छन् । अस्पतालमा रहेका भवनहरु बिस्तारै जीर्ण बन्दै गएका छन् । तर अहिले सबै भवनहरुको मर्मत सुधारको कार्य हुन थालेको छ । समयानुकूल अस्पतालको सेवा बढाउन लागिरहेको उनले बताए ।
उनले सञ्चालनमा नआएका धेरै सेवाहरु अहिले सुचारु गर्न सफल भएको अस्पताल विकास समितिका सदस्य बंशीकुमार शर्माले बताए । अस्पतालभित्र जसले जे भूमिका पाएको छ, सबैले आ–आफ्नो भूमिका पूरा गरेमा तत्काल अस्पतालका सबै सेवा तथा हरेक गतिविधिहरुमा परिवर्तन आउन सक्नेमा आफूहरु ढुक्क रहेको शर्माको भनाइ छ ।
अध्यक्ष मजगैयाँले आयुर्वेद उपचारप्रति मान्छेहरुको विश्वास कम छ, यसलाई चिर्न सकियो भने यो अस्पतालको चमक नै र रुपरेखा फरक हुने बताए । हाल चिकित्सालयमा २३ थरीको औषधी उत्पादन हुँदै आएको छ । आवश्यक १३ थरीको औषधी मात्र बाहिरबाट खरिद गर्नुपर्ने अवस्था रहेको छ । अस्पतालमा तत्काल दरबन्दी अनुसारका डाक्टर अन्य स्वास्थ्यकर्मीको व्यवस्थापन गर्नसक्ने बिरामीहरुलाई अस्पतालबाट गरिने उपचार पद्धतिको महङ्खव बढ्ने बताए ।
अस्पतालको बारेमा प्रचारप्रसार गर्न सकेमा अस्पतालमा सेवा लिन आउने बिरामीहरुको संख्या बढ्ने अस्पतालका निर्देशक राम कामेश्वरले बताए । स्थापना कालमा १५ शैÀया बेड क्षमताबाट सुरु भएको अस्पताल ३० शैÀयामा पुगेको छ । तर पनि अस्पतालले दिने सेवा प्रभावकारी बन्न नसेकेको आम सेवाग्राहीहरु गुनासो भने रहदै आएको छ । पछि बेड संख्या ३० पु¥याइए पनि अस्पतालले अपेक्षा गरिए जस्तो सेवा दिन भने सकेको छैन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here