बौद्धिक सम्पत्तिको सुरक्षा हुनुपर्छ

फिचर मुख्य खबर

तुलसीपुर, ८ भदौ । वौद्धिक सम्पत्ति सुरक्षाका लागि नेपाल प्रतिलिपि अधिकार कार्यान्वयन गर्न कलाकारहरुले आग्रह गरेका छन् । प्रतिलिपि अधिकार तथा रोयल्टी व्यवस्थापन विषयक शनिबार तुलसीपुरमा भएको अन्तरक्रिया कार्यक्रममा कलाकारले बौद्धिक सम्पत्ति सुरक्षामा ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।
नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय र संगीत रोयल्टी संकलन समाज नेपालले शनिबार तुलसीपुरमा गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले यातायात क्षेत्रमा रोयल्टी लिन शुरु भएपनि वैज्ञानिक हुन नसक्दा समस्या भएको बताएका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बौद्धिक सम्पत्ति सुरक्षाका लागि प्रतिलिपि अधिकार कार्यान्वयन गर्ने बताए । कार्यान्वयनका लागि सबै सरोकारवाला निकाय लाग्नुपर्ने भन्दै आफूहरु पनि प्रतिवद्ध रहेको बताए ।
संगीत रोयल्टी समाज नेपालका अध्यक्ष महेश खड्काले नेपालमा प्रतिलिपि अधिकारी २०२२ मै आए पनि कार्यान्वयन हुन नसक्दा समस्या भएको बताए । उनले कलाकर्मीहरु वौद्धिक सम्पत्तिका धनी भएपनि आर्थिक रुपले सक्षम नभएको बताए । उनले कलाकारले अहिले पनि विभिन्न समयमा सहयोग रकम उठाउनुपर्ने बाध्यता रहेको सुनाए ।
कार्यक्रममा नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार प्रकाश आचार्यले आफूहरुको सिर्जनामा श्रोता तथा दर्शक रमाए पनि कलाकार रमाउन नसक्ने अवस्था रहेको बताए । कलाकर्मीले श्रोता तथा दर्शकलाई खुशी बनाए पनि आफूहरु खुशी हुन नसक्नुको कारण आफूहरुको सम्पत्तिको संरक्षण हुन नसक्नु भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *