Thursday, March 28, 2024
Homeफिचरबोल्ने कला सिक्दै जनप्रतिनिधि

बोल्ने कला सिक्दै जनप्रतिनिधि

- Advertisement -spot_img

दंगीशरण, २६ असार । दंगीशरण गाउँपालिका वडा नं. ४ कि सदस्य सुभद्री चौधरी रोस्टममा उभिएर बोलिन् । केहिबेर अलमलमा परेकी चौधरी सम्झिदै सम्बोधन गरिन् ।
कुनै कार्यक्रममा स्वागत मन्तब्य दिन नसकेकी चौधरी तीन दिनका उद्घोषण गर्ने सिकाइपछि आत्मबल बढेको महशुस गरिन् । उनी वडा सदस्य भएर जितिसकेपछि प्रौढ कक्षा पढिन् ।
अहिले हातलाई विस्तारै चलाएर हस्ताक्षर गर्न सक्ने भएकी छन् । तर अझै पनि ठूलो भाषण गर्न उनलाई गाह्रो हुन्छ । ‘सानैदेखि बोल्न सकिएन, सानैमा विहे भयो, घरको चुलोचौकोमै सीमित भईयो अहिले वडा सदस्य भएर आएपछि बोल्न पर्दा डर, लाज लाग्छ । कसैले केही भन्छ कि मनमा कुराहरु खेल्छन् अनि बोल्न सक्दिन’ चौधरीले भनिन् ।
त्यस्तै वडा नं. १ कि वडा सदस्य जानकी चौधरीलाई पनि बोल्न नसक्ने समस्याले सताएको थियो । जनप्रतिनिधि भएर आएको २ बर्ष वित्यो तर बोल्न सिक्ने तालिम अहिलेसम्म गाउँपालिकाले आयोजना गरेको थिएन ।
तीन दिनको तालिमले धेरै कुरा सिकाएको उनले अनुभव सुनाईन् । ‘निर्वाचित भएलगत्तै यस्तो तालिमको आयोजना हुनुपर्ने तर हुन सकेन । यो पनि हाम्रो कमजोरी हो । अबका दिनमा भेला, सभामा बोल्न सक्छु भन्ने विश्वास लागेको छ ।’ जानकीले भनिन् ।
वडा नं. ७ कि अग्ने चौधरी विभिन्न कार्यक्रममा उपस्थित हुन्छिन् उनी गाउँकार्यपालिकाकी सदस्य पनि हुन् तर खुलेर बोल्न आउँदैन् । ‘गाउँ कार्यपलिकाका योजनाका काम गरिन्छ छलफल गरिन्छ तर भाषण गर्न जानिदैन ।
बोल्न नजानेका कारण बोल्ने अवसर पनि दिईदैन् । अरुले बोलेको कुरा सुन्ने र फर्किने हुन्छ । नबोलेरै २ बर्षको कार्यकाल वित्यो अव बोल्नका लागि म अगाडि सर्छु उनी निर्धक्कका साथ आफना कुरा राखिन् ।
आदिवासी जनप्रतिनिधि तथा अन्य जनजातिहरुका लागि आयोजना गरिएको नेतृत्व विकास तथा उद्घोषण तीनदिने तालिममा चौधरीसहित अन्य जनप्रतिनिधिले पनि बोल्ने र नेतृत्व गर्ने कलाको सिप सिके ।
जनप्रतिनिधि भएको लामो समयपछि नेतृत्व विकास तालिम सिक्न पाएको भन्दै उनीहरुले खुशि व्यक्तसमेत गरेका छन् । दाङ सञ्चार प्रालि घोराहीले आयोजना गरेको तीनदिने नेतृत्व विकास तथा उद्घोषण तालिम समापनका अवसरमा बोल्दै दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जनप्रतिनिधिहरुमा बोल्ने कलाको विकास हुनुपर्ने आवश्यक रहेको बताए ।
शिक्षाबाट बञ्चित रहेपनि बोल्ने अभ्यासले धेरै सहज हुने उनको भनाई थियो । तालिमबाट जनप्रतिनिधिहरुमा धेरै परिवर्तन आएको विश्वास लिएको भन्दै बोल्न नसक्ने हिनताबोध हटेको बताए ।
जनप्रतिनिधिमा बोल्ने कलाको विकास हुन नसकेपछि प्रयोगात्मक अभ्यास स्वरुप गाउँपालिकाको आर्थिक सहयोगमा तालिमको आयोजना गरिएको हो ।
तालिमको प्रशिक्षकमा कान्तिपुर संवाददाता दुर्गालाल केसी र पत्रकार जेएन सागर रहेका थिए । कार्यक्रमको सहजीकरण गाउँपालिकाकी प्रेस संयोजक दिप्तीशिखा चौधरीले गरेकी थिईन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here