घोराही, ९ मंसिर । दाङसहित देशभर शाखा रहेको गरिमा विकास बैंकले शुक्रबार १२औँ स्थापना दिवस मनाएको छ । बैंकले विभिन्न कार्यक्रम गरेर १२औँ स्थापना दिवस मनाएको हो । बैंकको घोराहीमा रहेको शाखाले पनि शुक्रबार बिहान रक्तदान कार्यक्रम गरेर १२औँ स्थापना दिवस मनाएको बैंकका घोराही शाखा प्रवन्धक प्रकाश देवकोटाले जानकारी दिए ।
रक्तसञ्चार केन्द्र घोराहीको प्राविधिक सहयोगमा बैंकले आयोजना गरेको रक्तदान कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्था र कलेजका विद्यार्थीसहित ३१ जनाले रक्तदान गरेको देवकोटाले बताए । रक्तदान गर्नेहरुमा बैंक कर्मचारीसहित ज्योति विकास बैंक, कामना सेवा विकास बैंक, वेष्ट फाईनान्सका कर्मचारी, दिपज्योति नर्सिङ कलेजका विद्यार्थी र अन्य सर्वसाधारण रहेका छन् ।
रक्तदान गर्नेहरुमा बैंकका प्रबन्धक प्रकाश देवकोटासहित बालकुमार खत्री, दिपक न्यौपाने, कविता केसी, प्रतिमा बस्नेत, पुष्पा बस्नेत, सुनिता बुुढा, दुर्गा डाँगी, कुुमार ज्ञावाली, शालिकराम खनाल सुुधा श्रेष्ठ, सिन्धुु श्रेष्ठ रहेका छन् ।
रक्तसञ्चार केन्द्रका दिलीप न्यौपाने, ठाकुर पौडेल र दिलीप चौधरीको प्राविधिक सहयोगमा बैंकले आयोजना गरेको रक्तदान कार्यक्रममा अनिल अधिकारी, ऋषिकेश अधिकारी, घनश्याम शर्मा, ज्वाला खतिवडा, कमलराज पाण्डे, प्रविण बुढाथोकी, सुुदर्शन विष्ट, सुुुदिप पाण्डे, हेमन्तराज अधिकारी, हेराम वली, किशन चौधरी, बिमला देवकोटाले रक्तदान गरेका थिए ।
रक्तदान जीवनदान भन्दै सुरजराज अधिकारी, विशाल पौडेल, निर्मल खड्का, अनुुपा पौडेल, मनिष चौधरी र राजेन्द्र चौधरीले रक्तदान गरेको प्रबन्धक देवकोटाले दिए । कृषि, व्यापार, विपन्न वर्ग तथा सवारी कर्जा लगायतमा लगानी गर्दै आएको बैंकको दाङसहित ६६ शाखा विस्तार गरिसकेको छ । निकट भविष्यमा तुुलसीपुरमा शाखा विस्तार गर्न लागेको प्रवन्धक देवकोटाले बताए ।
