बैंकमा डकैती नजर

विचार सम्पादकीय

बैंक र सुरक्षाको घर मानिन्छ । बैंकको सुरक्षा र अविश्वास कुनै पनि नागरिकसँग छैन र हुँदैन पनि तर पछिल्लो समय बैंकप्रतिको अविश्वास बढिरहेको देखिन्छ । बैंकहरु आफै सुरक्षित हुन नसकेको विभिन्न उदाहरणहरु छन् । अहिले बैंकप्रतिको विश्वासमा समस्या पक्कै पनि देखिएको छ । दाङमा भएका दुई, नेपालगन्जमा भएका बैंक घटनाले विश्वासको र सुरक्षाको चुनौती देखाएको छ । शनिबार काठमाडौंका एटीएमहरुमा भएको ह्याकले पनि बैंकको सुरक्षा चुनौती बढी छ भन्ने प्रष्ट पारेकै छ । चिनिया ह्याकरको बैंक एटिएम ह्याकले अहिले विश्वभरी नै चर्चा छ । एटिएममा भएको प्रविधियुक्त डकैतीले नेपालका बैंकहरुमा सुरक्षित र बलियो बनाउनुपर्ने अवस्था देखिन्छ ।

नेपालका बैंक सिस्टम पनि अलि सुरक्षित गर्नुपर्ने देखिन्छ । सिस्टमनै प्रविधिबाट ह्याक हुने र बैकको करौडौं रकम डुब्दासम्ममा पनि सचेत नहुने बैंकहरुकै कारणले पनि बैंकप्रतिको अविश्वास र सुरक्षा चुनौती बढ्न सक्छ ।


दाङमा रहेको देवः विकास बैंकमा १८ करोड घोटाला भएको काण्ड सार्वजनिक भयो । नक्कली ऋणी बनाएर रकम घोटाला गरेको आरोपमा पक्राउ परेका बैंक म्यानेजरले दर्जनौ मानिसहरुको संलग्नता त्यसमा देखाइ दिए । अहिले ती मान्छेहरु तानिने क्रम जारी छ । नेपाल संस्कृत विश्वविद्यालयका कर्मचारीसमेत यो काण्डमा मुछिएका छन् । केहि वर्ष अगाडि दाङकै बैंक अफ काठमाडौंमा पनि लुटपाटको बहानामा लाखांै रुपैयाँ घोटाला गरिएको थियो । अहिले काडमाडौंमा चिनियाँ ह्याकरले झण्डै ३ करोड ह्याक गरेका छन् । जुन प्रहरीको प्रयासले ह्याकरहरु समातिए र रकम पनि सुरक्षित फेला परेको छ । यसरी हेर्दा पनि डकैतीको नयाँ रुपमा बैंकहरुमा देखिन थालेको छ । बैंककै कर्माचारीदेखि ह्याकहरुसम्म बैंक डकैती लागेका छन् । यसमा राज्य सुरक्षा, बैंक सिस्टमको सुरक्षामा लाग्नु अपरिहार्य छ । यसतर्फ सम्बन्धित निकायले चासो दिनु पनि आवश्यक छ । नेपालका बैंक सिस्टम पनि अलि सुरक्षित गर्नुपर्ने देखिन्छ । सिस्टमनै प्रविधिबाट ह्याक हुने र बैकको करौडौं रकम डुब्दासम्ममा पनि सचेत नहुने बैंकहरुकै कारणले पनि बैंकप्रतिको अविश्वास र सुरक्षा चुनौती बढ्न सक्छ ।
चाहेमा नेपाल प्रहरीले जस्तोसुकै पनि अनुसन्धान पूरा गर्छ । ठूला दुर्घटना रोक्न सक्छ र भएका पनि अनुसन्धानमार्फत पत्ता लगाउन सक्छ । बैंकका विभिन्न काण्डमा प्रहरी सफल भएको छ । दाङका दुई काण्ड, नेपालगञ्जको काण्ड र काडमाडौंको एटीएम काण्डमा प्रहरी पूर्णरुपमा सफल भएको छ । तर घटना भएर सफल हुनुभन्दा घटना हुन नदिने तर्फ सचेत हुन आवश्यक छ । यसमा सरोकार राख्ने सबै निकाय जिम्मेवार बन्नुपर्छ । बैंकको गल्तीका कारण आम बैंक उपभोक्ताहरुले सास्ती भोग्न नपरोस् । बैंक डकैतीको अन्त्य होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *