बैंकद्वारा विपन्नलाई सहयोग

समाज

तुलसीपुर, २४ चैत । जनता बैंकले शनिबार दाङसहित देशभर दशौं स्थापना दिवस मनाएको छ । देशभर १ सय २८ शाखा स्थापना गर्न सफल बैंकले दशौं स्थापना दिवस मनाएको हो । दाङमा बैंकको घोराही र तुलसीपुर शाखाले पनि संयुक्तरुपमा प्रभातफेरी तथा रक्तदान कार्यक्रम गरेर दशौं स्थापना दिवस मनाएका छन् ।
बैंकले बिहान प्रभातफेरी गरेर शाखा तुलसीपुरमा रक्तदान कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । बैंकका घोराही शाखा प्रबन्धक संजय बगाले, तुलसीपुर शाखा प्रवन्धक उमंग अधिकारीसहित कर्मचारी, विभिन्न बृद्धिजीवि, नागरिक समाज, व्यापारीलगायतले रक्तदान गरेका हुन् ।
यसैबीच बैंकले शनिबार दशौं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत एकजना विपन्न छात्रालाई छात्रबृत्ति प्रदान गरेको छ । बैंकले तुलुसीपुर उपमहानगरपालिका—१६ मा रहेको लक्ष्मी आधारभूत विद्यालयमा अध्ययनरत छात्रा यामकुमारी घर्तीलाई नगद पाँच हजार सहयोग गरेको हो । बैंकले दाङका २० जना स्थानीयलाई रोजगारी प्रदान गरेको छ भने दाङमा मात्रै करिब ४ हजार १ सय जना ग्राहक संख्या रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *