बैंकद्वारा छात्रवृत्ति वितरण

मुख्य खबर समाज

सल्यान, ३ मंसिर । सल्यानको श्रीनगरस्थित जनता बंैक लिमिटेडले स्कुले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । शारदा नगरपालिकाको माल्नेटामा रहेको त्रिभुवन जनता माविका दुईजना गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति श्रीनगर शाखाले वितरण गरेको हो ।
विद्यालयका कक्षा १० मा अध्यनरत छात्र नरेन्द्र नाथ र कक्षा ९ मा अध्यनरत छात्रा सरस्वती न्यौपानेलाई जनही ५ हजार बराबरको छात्रवृत्ति रकम वितरण गरिएको जनता बैंकका कर्मचारी गोविन्द शर्माले जानकारी दिए ।
विद्यालयका प्रधानाध्यापक वायुकुमार ब्राह्मणको अध्यक्षता र शारदा नगरपािलकाका वडा नं. १५ का वडा अध्यक्ष हिमेन्द्रबाबु सेजवालको प्रमुख आतिथ्यतामा छात्रवृत्ति वितरण गरिएको हो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षाको उन्नयनका लागि बैंकले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकका शाखा प्रबन्धक सुवोध ज्ञवालीले बताए । विद्यार्थीको पढाइप्रति उत्पेरणा प्रदान गर्न बैंकले छात्रवृत्ति प्रदान गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *