बेचिएका बालकको उद्दार

फिचर मुख्य खबर समाज

तुलसीपुर, १ असोज । भारतमा बेचिएका दाङका एक बालकको उद्दार गरिएको छ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं १९ विजौरीका १४ वर्षिय विशाल चौधरीको भारतको सिमलाबाट उद्दार गरिएको हो ।
उद्दार गरिएका विशाललाई मंगलवार परिवारलाई बुझाईएको छ । कञ्चनपुरका पत्रकार जुद्ध चौधरी, दिपेन्द्र बस्नेत र अधिकारकर्मी प्रतिक विष्ट (अमर)को अगुवाईमा उनको उद्दार भएको थियो ।
उनको वास्तविक कथा सञ्चारमाध्यममा सार्वजनिक गरे पनि उनी दुईजना र अधिकारकर्मी प्रतिक विष्टले विशालको भारतमै पुगेर उद्दार गरेका हुन । पाँच महिना भारतमा बेचिएका चौधरीलाई मंगलबार तुलसीपुर उपमहानगरपालिका, प्रहरी प्रशासनको रोहवरमा परिवारलाई जिम्मा लगाइएको छ ।
दाङ पर्सेनीका काजु चौधरीले विशाललाई गत चैत महिनामा २ महिनाका लागि भारत काम गर्न जाउ भनेर ललाई फकाई सिमला पु¥याएका थिए । सिमला पु¥याए वाफत उनलाई काम लगाउने साहुले अग्रिम पैसासमेत दिएको र पाँच महिनासम्म काम गर्दा पनि एक रुपैयाँ नपाएको विशालले बताए ।
बुवाको मुत्यु भएको र आमा अर्कैसँग गएपछि बेसहारा बनेका बेला दलालले उनलाई फकाएर भारत लगेर काममा बेचेका हुन् । उनलाई भारतीय कारमा राखेर दाङबाट नै भारतको सिम्ला पु¥याइएको विशाल चौधरीले बताए ।
त्यहाँ गएर दुई महिना काम गरेपछि मात्रै आफू बेचिएको थाहा पाएको र अर्काे साथीलाई त्यो कुरा भनेको उनले बताए । उनले त्यहाँ घरायसी कामदेखि स्याउ टिप्ने र बोक्ने काम गर्ने गरेको बताए ।
उद्दारकर्ता विष्टले आफूले अप्ठेरो परेका बालबालिकालाई उद्दार गर्दे आएको भन्दै नेपालमा बालबालिकाहरु बेचिने क्रम बढी रहेको बताए । उनले यस्तो कार्य गर्नेलाई हदैसम्मको कारवाही हुनुपर्ने र स्थानीय प्रशासनले त्यो कदम चाल्नुपर्ने बताए ।
तुलसीपुर उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखा प्रमुख माया श्रेष्ठले बेचिएका बालकको उद्दार भई परिवारलाई बुझाइएको बताइन् । उनले दलाललाई कानूनी कारवाही हुने बताइन् । दाङमा ७ वर्षमा १३ बालबालिका बेचिएको तथ्याङ्क रहेको उनले बताइन् । १३ वटा बेचबिखनको मुद्दा जिल्ला अदालतमा नै दर्ता भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *