घोराही, ३० मंसिर । ‘युपी भिसीबाट उत्पादन भएका सामाग्रीहरूले पनि राम्रो मार्केट लिन्छ होला । यही सम्बन्धी विजनेस गरौं न ? मलाई यो बारेमा राम्रो ज्ञान छ’ घोराही उपमहानगरपालिका वडा नं. १५ का सुरेश बस्नेतले सँगै स्कुल पढेका साथी घोराही उपमहानगरपालिका–१८ का विकास बुढाथोकीलाई यसरी नै आफ्नो योजना बताएका थिए ।
बस्नेत ५ वर्ष कोरिया बसेपछि आफूले सिकेको सिप आफ्नै जन्मभूमि दाङमा एउटा राम्रो विजनेस गर्ने सोचमा थिए । बुढाथोकी पनि कुन विजनेस गर्ने भन्नेमा अन्यौलमा थिए ।
अन्तमा दुबै एकअर्काले सोंचे जस्तै भयो र भवन संसार मेटेरियल इण्डष्ट्रिज प्रालि खोले । ‘मैले पाँच वर्ष कोरियामा यही सम्बन्धी काम गरेको हुँदा मलाई धेरै कुरा सिकेको छु, हामीले गर्न सक्यो भने राम्रो मार्केट लिन्छ’
बस्नेतले यसरी नै आफ्नो योजना सुनाउँदै भनेका थिए ‘मलाई विश्वास छ, कोरिया जतिकै कमाई यही विजनेसबाट हुन्छ, म कोरिया जान्न ।’ बस्नेत र बुढाथोकीको पाटर््नर साढे तीन करोडको लगानी गरे र भवन संसार स्थापना गरे । कोरियाको जस्तो सहज थिएन् दाङमा स्थापना गर्नको लागि । प्रालि दर्ता गर्दादेखि नै समस्या भोग्नुप¥यो तर दुबैजना आफ्नो लक्ष्यमा पुगे ।
घोराही उपमहानगरपालिका वडा नं १४ कपासी बगियामा साढे चार कठ्ठा जग्गा लिजमा लिएर भवन संसार चलाईरहेका छन् । एउटा भवन डेकोरेसन गर्नको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री छ । पछिल्लो समयमा आधुनिक सहरीकरण बढ्दै गएको छ । त्यसैलाई मध्यनजर गरेर बस्नेत र बुढाथोकीले घर संसार मेटेरियल्स इण्डष्ट्रिज प्रालि स्थापना गरे ।
दर्ता गर्ने प्रक्रियादेखि दक्ष जनशक्ति व्यवस्थापन गर्नमै हम्मे–हम्मे भयो शुरूमा । ‘प्रालि दर्ता गर्ने काम त एक हप्तामै सकिदो रहेछ’ प्रालिका सञ्चालक बस्नेतले शुरूमा दर्ता गर्ने क्रममा भोगेका समस्या सुनाउँदै भने ‘एक महिना कहिले के कहिले भनेर अड्काइयो, निकै ढिलासुस्ती हुँदो रहेछ ।’ प्रालि दर्ता गरिसकेपछि दक्ष जनशक्तिको लागि आफैले नै दुईजना व्यक्तिलाई छनौट गरेर काठमाडाँै पठाएका अर्का सञ्चालक बुढाथोकीले बताए ।
‘मेटरियल्ससम्बन्धी काम गर्ने दक्ष जनशक्ति भेटिएनन्’ बुढाथोकीले भने ‘दुईजना व्यक्तिलाई दुई महिना काठमाडौँमा दुई लाख रूपैयाँ लगानी गरेर तालिम लिन पठाएका हौँ ।’ अहिले उनीहरूबाट नै काम भईरहेको छ । यसरी नै बस्नेत र बुढाथोकीले भवन संसार स्थापना गरे ।
अहिले २५ जनाले रोजगारी पाएका छन् । अर्को महत्वपूर्ण कुरा प्रालि स्थापना गर्न संघर्ष गर्नुप¥यो भने अहिले उनीहरूले सोंचेभन्दा बढी कारोवार भइरहेको छ । स्थापना भएको केही समयदेखि नै अर्डर आउन थालेपछि भ्याई नभ्याई भएको छ ।
जसको कारण प्रालि उद्घाटन पनि गरेका छैनन् । एउटा व्यक्तिले अर्डर ग¥यो भने कम्तीमा एक महिना पखिर्नु पर्छ । ‘हामीले सोंचेको जस्तै विजनेस भईरहेको छ’ प्रालिका सञ्चालक बस्नेतले भने ‘छिट्टै नै कोरियाको जति आम्दानी त भएको छैन तर बिस्तारै हुन्छ भन्नेमा ढुक्क छु ।’ २५ जना कर्मचारीसँगै हुन्छन् बस्नेत पनि ।
उनले आफूले सिकेका सिपहरू कर्मचारीहरूलाई पनि सिकाउँछन् । उनीहरूसँग आफ्नो सिप, अनुभवहरू साट्ने गर्छन् । बुढाथोकी भने बजार व्यवस्थापन गर्छन् ।
भवन संसारमा केसमेन्ट झ्याल, सलाई झ्याल, वुड कलर फिक्स झ्याल, पार्टेसन झ्याल, युपिभिसी पार्टेसन, सिंगल हंग झ्यालहरू उत्पादन गरेर बजारमा सप्लाई हुने गरेको प्रालिले जनाएको छ । जर्मन प्रविधिबाट उत्पादित आई एसओद्वारा सर्टिफाईड प्रोडक्ट युपिभिसीका सामाग्रीहरू उत्पादन तथा सप्लाई गरिने प्रालिका सञ्चालक बुढाथोकीले बताए ।
युपिभिसीका प्रोडक्टहरू वातावरणमैत्री, वाटरप्रुफ, ध्वनी प्रतिरोधक, मर्मत र फिटिङको झन्झट नहुने, हेदा काठजस्तै देखिने तर काठभन्दा बलियो, आकर्षक र टिकाउ भएको सञ्चालक बुढाथोकीको भनाइ छ ।
त्यसैगरी आगो घाम र पानीले कुनै असर नगर्ने, खिया प्रतिरोधक, धमिरा नलाग्ने र नपसाङ्गिने, विभिन्न आकर्षक डिजाईनहरूमा बनाउन मिल्ने, एकपटक लगाएपछि वर्षौसम्म ढुक्क र सूपथ मूल्यमा उपलब्ध हुने उनले बताए ।
युपिभिसीका जस्ताहरू आगो, घाम पानीले असर नगर्ने, साउण्ड प्रुफ भएकाले पानी पर्दा कुनै आवाज नआउने, विभिन्न रङ र डिजाईनमा उपलब्ध भएको अर्का सञ्चालक बस्नेतले बताए । बस्नेतका अनुसार वाल डेकोरेशन÷पार्केटिङका रङको वैकल्पीक रूपमा प्रयोग हुने, मिस्त्री र कामदारको झन्झट नहुने, कम खर्चमा आकर्षक कोठाको डिजाईन गर्न मिल्ने छ ।
विशेषगरी होटल लज, रेष्टुरेन्ट, क्याफे र अफिसहरू आकर्षक बनाउन सबैभन्दा उपयुक्त भएको उनले बताए । छोटो समयमा नै ग्राहकहरूको डिमाण्ड बढ्दै गएको उनीहरूको भनाइ छ ।
‘वातावरण संरक्षण र वातावरण मैत्रीपूर्णको लागि एकपटक हामी सबैले सोचौं’ भवन संसारका सञ्चालकद्वय बुढाथोकी र बस्नेत भन्छन् ‘आकर्षक डिजाइन र सूपथ मूल्यको लागि युपिभिसी नै रोजौं ।’