बुढाको स्मृतिमा शोकसभा

समाज

घोराही, २३ मंसिर । घोराही उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष लछिनप्रसाद बुढाको निधन भएको नवौँ दिनमा शोकसभा गरिएको छ । वडा कार्यालयको आयोजनामा अध्यक्ष बुढाको निधन भएको शोकमा नवौँ दिनको तिथिमा शुक्रबार शोक तथा श्रद्धाञ्जलीसभा गरिएको हो । वडाका कार्यवाहक अध्यक्ष जगतबहादुर श्रेष्ठको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपानेको प्रमुख आतिथ्यता एवं नेकपाका नेता सुरामणि बेलवासेको विशिष्ट आतिथ्यतामा शोकसभा गरिएको हो । कार्यक्रममा बोल्दै नगरका उपप्रमुख न्यौपानेले इमान्दार, मिलनसार र जुझारु व्यक्तित्व वडा अध्यक्षको असामयिक निधनले ठूलो क्षति भएको बताए ।
दाङ र सिंगो देशले कुशल र सक्षम जनप्रतिनिधि गुमाएको भन्दै उनले जनप्रतिनिधि भएर डेढ बर्षमा गरेका कामहरु नै उदाहरणीय भएको बताए । वडालाई खरको छानोमुक्त गराउनुका साथै वडाको चौतर्फि विकासमा वडा अध्यक्ष बुढाले देखाएको सकृयतालाई आफूहरुले पूरा गर्ने जिम्मेवारी आएको बताए । नेकपाका नेता सुरामणि बेल्वासेले वडा अध्यक्ष बुढा जनताका काममा समर्पित, मिलनसार र जनसेवामा लागिरहने असल जनप्रतिनिधि रहेको चर्चा गरे ।
वडाको नेतृत्व सम्हालेको डेढ वर्ष नपुग्दै निधनले एक असल जनप्रतिनिधि र दाङको कम्युनिष्ट आन्दोलनका निष्ठावान् कार्यकर्तालाई गुमाउनुपर्दा अपूरणीय क्षति भएको धारणा राखे । कार्यक्रममा घोराही उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत सन्तबहादुर सुनार, प्रवक्ता भरतमणि अर्याल, दाङ देउखुरी होटल व्यवसायी समितिका सचिव ईश्वरकुमार बुढा, अठार मगरात मगर खाम तथा संस्कृति संवाद विकास समितिका दायाजी रोका, नागरिक मञ्चका तुलसा केसी, ल्याण्डफिल साईडका अध्यक्ष देउमन दमाई, सिजनशील आधारभूत विद्यालय तेरौटेका प्रध्यानाध्यापक रमेश पाण्डे, जागृती समुदायिक वन समुहका बोधा भण्डारी र वडा बाल क्लवका अध्यक्ष सुशान्त गौतमलगायतले बुढाको निधनप्रति दुःख व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण वडा सचिव नारायणप्रसाद शर्माले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *