बिमा रकम हस्तान्तरण

फिचर मुख्य खबर समाज

घोराही, ३ मंसिर । महिला सामुदायिक लघुबित्त वित्तीय संस्थाले बिमा रकम हस्तान्तरण गरेको छ । लमही शाखाले गठन गरेको लमही ६ मध्यनगरस्थित केन्द्र नम्बर ३२ की सदस्य प्रदेश्नी चौधरीको परिवारलाई सोमबार बिमा रकम हस्तान्तरण गरेको हो ।
समूहमार्फत् ऋण लिएकी चौधरीको परिवारलाई बिमाबाफतको ७६ हजार आठ रूपैयाँ रकम हस्तान्तरण गरिएको हो । संस्थाले बिमा र बचतबाफतको रकम हस्तान्तरण गरिएको हो । संस्थाको लमही शाखाका शाखा अधिकृत पुष्पा पुलामी, रोशनी खनाल, पत्रकार प्रेमबहादुर राम्जाले प्रदेश्नी चौधरीका श्रीमान् चेहेरू चौधरीलाई रकम हस्तान्तरण गरेका हुन् ।
चौधरी २०७१ साल मंसिर २४ गतेदेखि समूहमा संलग्न रहेकी थिइन् । २०७५ फागुन महिनामा ६० हजार ऋण लिएकी चौधरीको गएको भदौ ६ गते निधन भएको थियो । ऋण लिएर बिमाबाफतको रकम प्राप्त गर्दा प्रदेश्नीका श्रीमान चेहेरू खुशी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *