बिउ भण्डारणमा जैवीक विषादी उत्तम

मुख्य खबर

देउखुरी, ११ चैत । कृषि विषयको पढाइ हुने पृथु टेक्निकल कलेजमा बिषादीको प्रयोगलाई कसरी घटाउन सकिन्छ ? भन्ने बारेमा राखिएको प्रशिक्षणमा किसानले भाग लिएका छन् । कार्यक्रममा तुलसीपुरदेखि देउखुरीसम्मका किसानको उपस्थिति रहेको थियो ।
जलवायु परिवर्तनका निम्ति नेपाली युवाहरुको सञ्जाल दाङले किसानहरुसँग कृषि, विषादी र जलवायु परिवर्तनसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमबाट किसानहरुले लाभ लिएका छन् । कार्यक्रममा कलेजमा बागवाणीका प्राध्यापक तेजप्रसाद शर्माले विषादीको प्रयोग घटाएर जैविक विषादीको प्रयोग गर्न सकिने बारेमा प्रशिक्षण दिएका थिए  ।
सञ्जालका अध्यक्ष जीवन उप्रेतीको अध्यक्षता एवं पृथु टेक्निकल कलेजका अध्यक्ष प्रदिपराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै शर्माले क्याम्पसले कोरियाको टेक्निकल कलेजसँग सम्झौता गरेर कृषि क्षेत्रको विकासमा अघि बढ्ने अवसर प्राप्त गरेको जानकारी दिए ।
कार्यक्रममा जोरी जोनका प्रमुख ईन्द्र वली, नेपाल पत्रकार महासंघका उपाध्यक्ष लिला शाहलगायतले मन्तब्य व्यक्त गरेका थिए । सञ्जालका सञ्चार संयोजक अमरदिप बस्नेतको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण प्रवेश कार्कीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *