- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeखेलकुदबास्केट बल सकियो,क्रिकेट र फुटबल सुरू

बास्केट बल सकियो,क्रिकेट र फुटबल सुरू

- Advertisement -spot_img

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता …
दाङ, ५ बैशाख । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत दाङमा भएको बास्केट बल प्रतियोगिताको बुधबार सम्पन्न भएको छ । बास्केट बल प्रतियोगिताको फाइनल खेलमा विभागीय टोलीले स्वर्ण पदक जितेका छन् ।
महिला तथा पुरुष राष्ट्रिय बास्केट बल प्रतियोगिताको महिलामा विभागीय टिम नेपाल पुलिस क्लव र पुरुषतर्फ डिफेन्डिङ च्याम्पियन नेपाल आर्मीले स्वर्ण पदक जितेको हो । पुरुष फाइनल प्रतियोगितामा प्रदेश नम्बर ३ लाई ५८ का विरुद्ध ७६ स्कोरले पाखा लगाउँदै डिफेन्डिङ च्याम्पियन आर्मीले स्वर्ण पदक हात पारेको हो । फाइनलमा पराजित प्रदेश नम्बर ३ रजत पदकमा चित्त बुझाउनु परेको छ ।
त्यस्तै महिलातर्फको फाइनल खेलमा साविक विजेता प्रदेश नम्बर ३ लाई २९ का विरुद्ध ४५ स्कोरले स्तव्ध पार्दै नेपाल पुलिस क्लवले स्वर्ण पदक हात पार्न सफल भएको छ । पुलिससँग फाइनलमा पराजित प्रदेश नम्बर ३ उपविजेतामा सीमित रहदै रजत पदकमा चित्त बुझाउन बाध्य भयो । प्रतियोगिताको महिलातर्फ नेपाल आर्मी र पुरुषतर्फ नेपाल पुलिस क्लव तेस्रो भए ।

आज एथ्लेटिक्स उद्घाटन

दाङको बेलझुण्डीमा आजदेखि आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्स प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको औपचारिक उद्घाटन बिहान ७ बजे हुनेछ । बिहीबार १०० मिटर महिला÷पुरुष हिट, ४१०० मिटर रिले हिट, एक हजार मिटर महिला÷पुरुष फाइनल र सटफुट हुनेछ ।
बैशाख ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा महिला÷पुरुषको समान १८ इभेन्ट्स १००, २००, ४००, ८००, १५००, ५००००, १०००० मिटर छोटो तथा लामो दूरीका दौड, म्याराथन ४२.१९५ किलोमिटर, ४×१००, ४×४०० रिले, लङजम्प, हाईजम्प, ट्रिपलजम्प, सर्टफुट, ज्याभलिन थ्रो, डिस्कस थ्रो, १०० मिटर हडल्स् महिला÷पुरुष, ४०० मिटर हडल्स्मा विभागीय टिम नेपाल पुलिस, नेपाल आर्मी, सशस्त्र प्रहरीको एपिएफ र सात प्रदेश तथा एनआरएन टिमबीच प्रतिस्पर्धा हुने मध्यपश्चिम क्षेत्रिय खेलकुद विकास समितिका उपनिर्देशक चन्द्रबहादुर गुरुङले जानकारी दिए । यसैबीच प्रतियोगिताको अन्तिम तयारी स्वरुप बेलझुण्डी रंगशालाको ट्रयाक एण्ड फिल्डलगायत अन्य तयारी कार्य पूरा भएको छ ।


महिला तथा पुरुष राष्ट्रिय बास्केट बल प्रतियोगिताको महिलामा विभागीय टिम नेपाल पुलिस क्लव र पुरुषतर्फ डिफेन्डिङ च्याम्पियन नेपाल आर्मीले स्वर्ण पदक जितेको हो ।


लमहीमा क्रिकेट, घोराहीमा महिला फुटबल सुरु

लमहीमा महिला क्रिकेट प्रतियोगिता सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेट प्रतियोगिता लमही क्रिकेट मैदानमा सुरु भएको छ । आठौँ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको पहिलो खेलमा प्रदेश नम्बर १ ले जित दर्ता गरेको छ ।
पहिलो खेल प्रदेश नम्बर १ र प्रदेश नम्बर ५ बीच भएको थियो । प्रदेश १ ले टस जितेर फिल्डिङ रोजेको थियो । प्रदेश नम्बर ५ ले १५.२ ओभरमा सबै विकेट गुमाउँदै ७० रन बनाएको थियो । ७१ रनको लक्ष्य पच्छ्याएको प्रदेश नम्बर १ ले १४.५ ओभर खेल्दै ३ विकेटको क्षतिमा सहजै लक्ष्य पूरा गर्दै ७४ रन बनाएको थियो । पहिलो खेलमा ७ विकेटले जित निकालेको दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाँले जानकारी दिए ।

२ नम्बर प्रदेश ६२ रनले विजयी

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेट प्रतियोगिताको दोस्रो खेल प्रदेश नम्बर २ ले ६२ रनले विजय भएको छ । लमही क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई ६२ रनले हराउँदै प्रदेश नम्बर २ विजयी भएको हो । टस जितेर गण्डकी प्रदेशले फिल्डिङ रोजेको थियो । प्रदेश नम्बर २ ले २० ओभर खेल्दै ८ विकेटको क्षतिमा एक सय ३५ रन बनाउन सफल भयो ।
१ सय ३६ रनको लक्ष्य पच्छ्याउँदै मैदानमा ओर्लिएको गण्डकी प्रदेशले २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ७३ रनमा सीमित बन्न पुग्यो । प्रदेश नम्बर २ कि सरस्वती चौधरी म्यान अफ द म्याच घोषित भइन् ।
आजको खेल बिहान प्रदेश नम्बर १ र २ का बीचमा र दिउँसो एपिएफ र प्रदेश नम्बर ७ का बीचमा हुनेछ । यो प्रतियोगितामा कर्णाली प्रदेश बाहेक छवटा प्रदेश विभागीय टिम एपिएफ गरी ७ टिमले भाग लिएका छन् । यसैबीच घोराहीमा महिला फुटबल प्रतियोगिता सुरु भएको छ । बुधार बिहान घोराहीको भरतपुर मैदानमा फुटबलको उद्घाटन गरिएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here