- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeमुख्य खबरबाल शिक्षकले पाएनन पोशाक भत्ता

बाल शिक्षकले पाएनन पोशाक भत्ता

- Advertisement -spot_img

रोल्पा, १० मंसिर । रोल्पाका बाल शिक्षकहरूले १५ महिनादेखिको पोशाक भत्ता पाएका छैनन् । जिल्लाका बाल शिक्षालयहरूमा पढाउँदै आएका बालशिक्षक, सहायक कर्मचारी र विद्यालय सहयोगीहरूले आर्थिक बर्ष सकिएको तीन महिना बितिसक्दा पनि पोशाक भत्ता बाफतको १० हजार रूपैयाँ नपाएको गुनासो पोखेका छन् ।
जिल्लाका रून्टीगढी, थवाङ, गङ्गादेव चारवटा गाउँपालिकाका चार सयभन्दा बढी शिक्षक तथा कर्मचारीले पोशाक भत्ता पाउन सकेका छैनन् । स्थानीय तहमा रहेका शिक्षा शाखाका कर्मचारीको लापरबाहीका कारण आफूहरूले समयमा पोशाक भत्ता बाफतको रकम नपाएको गुनासो बालशिक्षकहरूको रहेको छ ।
उनीहरूले भने ‘जिल्लाका छवटा स्थानीयतहका बालशिक्षकहरूले पोशाक भत्ता बापतको रकम गत असार मसान्तभित्र पाइसके तर हामीले किन हालसम्म किन पाएनौँ ? हाम्रा लागि काम गर्ने भनेर स्थानीयतहमा रहेका शिक्षा शाखाका कर्मचारीले किन समयमा काम गरेनन्, यही हो गाउँ–गाउँमा आएको सिंहदरबारको मर्म ।’
यस बारेमा रून्टीगढी गाउँपालिकाका शिक्षा संयोजक कुलराज आचार्यसँग जिज्ञासा राख्दा असार मसान्तमा विभागले जिल्लामा बजेट पठाएको र जिल्लास्थित कोष तथा लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित गाउँपालिकाको खातामा रकम स्थानान्तरण गर्न ढिलाइ भई रकम फिर्ता हुँदा बालशिक्षकहरूले समयमा पोशाक भत्ता नपाएको बताए । उनले भने ‘जिल्लास्थित कोलेनिकासँग समन्वय गरी आवश्यक प्रक्रिया अगाडि बढिरहेको छ, रोकिएको पोशाक भत्ता छिट्टै आउँछ ।’
यसैबीच जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालय रोल्पाका सूचना अधिकारी हेमन्तराज आचार्यले असार मसान्तमा आएको बजेटलाई नेपाल बैंक लिमिटेडभन्दा फरक बैंकमा खाता रहेका गाउँपालिकाहरूलाई समय अभावका कारण रकम स्थानान्तरण गर्न नसक्दा बालशिक्षकहरूको पोशाक भत्ता बापतको रकम फिर्ता गएको बताउँदै थवाङ
र रून्टीगढी गाउँपालिकाले आवश्यक कागजातसहित प्रक्रिया अगाडि बढाएकाले छिट्टै उक्त फिर्ता भएको रकम आएमा शिक्षकहरूले पोशाक भत्ता बापतको रकम पाउने बताए । चारवटा गाउँपालिकामा रहेका दुई सयभन्दा बढी बाल विद्यालयमा एकजना बालशिक्षक, एकजना विद्यालय सहयोगी र केही विद्यालयमा शिक्षक सहायक कर्मचारीहरू समेत कार्यरत रहेकोे बताइएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here