- Advertisement -spot_img
Friday, April 16, 2021
Homeफिचरबाल विकासका शिक्षक आन्दोलित

बाल विकासका शिक्षक आन्दोलित

- Advertisement -spot_img

मसुरीया (दाङ), ११ भदौ । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले राप्ती गाउँपालिका बाल विकास शिक्षक सञ्जालले बुझाएको आठ बुँदे मागलाई गाउँपालिकाले सम्बोधन गर्ने माग गाउँपालिकाले सम्बोधन गर्ने साथै प्रदेश र केन्द्रले सम्बोधन गर्ने मागलाई सम्बन्धित निकायमा पत्राचार गर्ने बताएका छन् । राप्ती गाउँपालिका बाल विकास शिक्षक सञ्जालले राष्ट्रिय कार्यक्रम अनुसार सोमबार राप्ती गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयमा २ घण्टा धर्ना दिए पश्चात आठ बुँदे मागसहित गाउँपालिका अध्यक्षलाई ध्यानाकर्षण गराएका छन् । पूर्व प्राथमिक शिक्षकहरुको राष्ट्रिय आन्दोलन अनुसार राप्ती गाउँपालिकाका बाल विकास शिक्षकहरुले पनि आन्दोलनमा ऐक्यवद्धता जनाउँदै स्थानीय सरकारको कार्यालय अगाडि शान्तिपूर्वक धर्ना दिइएको राप्ती गाउँपालिका बाल विकास शिक्षक सञ्जालकी अध्यक्ष चन्द्रा अधिकारीले जानकारी दिइन् । राप्ती गाउँपालिकामा रहेका ४१ जना बाल विकास शिक्षकहरुले स्थानीय, प्रदेश र केन्द्रमा निर्माण गरिने शिक्षा ऐनमा बाल विकास केन्द्रलाई शिक्षा नियमावलीको आठौँ र नवौँ संसोधनबाट आधारभूत तहको संरचनामा समावेश गरी दरबन्दी कायम गरियोस्, प्रारम्भिक बाल विकासका केन्द्रमा कार्यरत शिक्षकहरुलाई सामान्य प्रक्रियाद्वारा दरबन्दीमा समायोजन गरियोस्, प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकहरुको सेवा, सर्त र सुविधा आधारभूत (प्रा.वि) शिक्षक सरह कायम गरियोस्, उमेरको हद नलगाईयोस्, बालमैत्री कक्षाकोठा बनाईयोस्, शिक्षकहरुलाई प्रविधियुक्त तालिमको ब्यवस्था गरियोस्, शैक्षिक योग्यता बढाउन समय दिईयोस्, शिक्षकलाई अवकास दिने कार्य बन्द गरियोस्लगायतका माग राखेर गाउँपालिकामा धर्ना दिइएको र गाउँपालिकाका अध्यक्षलाई ज्ञापनपत्र बुझाईएको राप्ती गाउँपालिका बाल विकास शिक्षक सञ्जालकी अध्यक्ष चन्द्रा अधिकारीले जानकारी दिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here