- Advertisement -spot_img
Monday, April 19, 2021
Homeमुख्य खबरबाल दिवसमा विविध कार्यक्रम

बाल दिवसमा विविध कार्यक्रम

- Advertisement -spot_img

तुलसीपुर, ३० भदौ । घोराहीमा विभिन्न कार्यक्रमहरु गरी राष्ट्रिय बाल दिवस मनाईएको छ । आइतबार घोराही उपमहानगर वडा नं १४ ले वक्तृत्वकला र चित्रकला प्रतियोगिता आयोजना राष्ट्रिय बाल दिवस मनाएको हो ।
वडाले आयोजना गरेको कार्यक्रममा वक्तृत्वकला प्रतियोगिताअन्तर्गत मावि बाल विकासका करण रेउले प्रथम भएका छन् । त्यस्तै शुभप्रभात विद्यालयका लहना बुढा द्वितीय र उच्च मावि गोर्खाका उत्सव घिमिरे तृतीय हुन सफल भएका छन् ।
त्यसैगरी चित्रकला प्रतियोगितामा उच्च मावि गोर्खाका प्रेरणा गुरुङ प्रथम भएकी छन् भने अमृत बुढा मगर द्वितीय भएका छन् । यस्तै प्रावि बाल मन्दिरका विणा विक तृतीय हुन सफल भएकी छन् ।
कार्यक्रमका अवसरमा बोल्दै प्रमुख अतिथि एवं घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले कुनै पनि बालबालिकालाई शिक्षाबाट बञ्चित गराउन नहुने बताए ।
उनले बालवालिका समृद्ध राष्ट्र निर्माणका पहिलो आधार भएको भन्दै समाज रुपान्तरणका लागि बालबालिकाको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । यस्तै उनले घोराही उपमहानगरपालिकालाई बालमैत्री नगरका रुपमा स्थापित गर्न आफूहरु लागिपरेको समेत बताए ।
कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीले कुनै पनि बालबालिकाहरुलाई शिक्षाबाट टाढा बनाउन नहुने बताए ।
बालबालिकाको अधिकार स्थापनाका लागि अभिभावकको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले त्यसका लागि सामाजिक रुपमा सबै तत्पर रहनुपर्ने बताए ।
कार्यक्रममा नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, बालअधिकारकर्मी विकिरण गौतम, रामजमोका प्रतिनिधि लिलाबहादुर पुनलगायतले बोलेका थिए ।
उक्त अवसरमा विभिन्न शिक्षक तथा वडा प्रतिनिधिहरुलाई सम्मान गरिएको थियो । वडाका कार्यक्रम संयोजक गुलाम रसुलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण मावि बाल विकासका राजेन्द्र कुमार श्रेष्ठले गरेका थिए ।
वडा नं. १४ का वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा सञ्चालन भएको प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिएको थियो ।

अमर माविमा कार्यक्रम

यसैबीच राष्ट्रिय बाल दिवस तुलसीपुरमा रहेको अमर माविले विविध कार्यक्रम गरी मनाएको छ । विद्यालयले बालबालिककाहरुको हक, अधिकारका विभिन्न प्ले कार्डसहितको ¥यालीसमेत निकालेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ मा रहेको अमर माध्यमिक विद्यालय उरहरीमा विभिन्न कार्यक्रम गरी राष्ट्रिय बाल दिवस मनाईएको छ ।
शिक्षक थानेश्वर आचार्यको अध्यक्ष तथा प्रधानाध्यापक पदम प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै शिक्षक तथा विद्यार्थीहरुले बालबालिकाका अधिकारका बारेमा जनचेतना फैलाउनुपर्ने बताएका छन् ।
अझै पनि समाजमा बालबालिकाहरु आफ्नो अधिकारबाट बञ्चित भएको बताउँदै उनीहरुले यसमा सबै जिम्मेवार भई बालअधिकार सुनिश्चित बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिए ।
विद्यालयमा किताबी ज्ञान मात्रै नभई बालबालिकालाई हरेक कुराको शिक्षा दिनुपर्नेमा उनीहरुले जोड दिए । कार्यक्रममा बाल दिवस, दिवसको महत्व र बालअधिकारका बारेमा समेत जानकारी गराईएको थियो ।
उक्त अवसरमा विद्यालयका सहायक प्रधानाध्यापक पदम बहादुर वली, शिक्षक क्षेत्र बहादुर गिरी, विद्यार्थी किरण वलीलगायतले बोलेका थिए । कार्यक्रममा विद्यार्थीहरुले बाल दिवसलाई समेटेर विविध रचनासमेत प्रस्तुत गरेका थिए ।
उक्त अवसरमा बालबालिकाहरुको अधिकारलाई सुनिश्चित गर्नका लागि लेखिएका प्लेकार्डसहित ¥यालीसमेत निकालिएको थियो  । जनबहार चोक, उरहरी चोक हुँदै विद्यालयमा पुगेर विर्सजन गरिएको कार्यक्रमको सहजीकरण शिक्षक नारायणप्रसाद भण्डारीले गरेका थिए ।

ज्योतिपुञ्जमा बाल दिवस

यसैबीच घोराहीमा रहेको ज्योतिपुञ्जले पनि विभिन्न कार्यक्रम गरी राष्ट्रिय बाल दिवस मनाएको छ । घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुरमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले आइतबार विविध कार्यक्रम गरी बाल दिवस मनाएको छ ।
दिवसका अवसरमा शिशु कक्षामा चित्रकला र तातो आलु प्रतियोगिता सञ्चालन गरिएको थियो । यस्तै कक्षा १ देखि ६ सम्म तहगत रुपमा हाजिरीजवाफ प्रतियोगिता र कक्षा ७ देखि १० सम्म वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको थियो ।
विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीको अध्यक्षता एवं ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यालय सञ्चालक समितिका अध्यक्ष हेमराज शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका कोर्डिनेटर पूर्णचन्द्र पाण्डेय, माध्यमिक तहका इन्चार्ज तुल्सीप्रसाद शर्मा लगायतले बालबालिकाहरुको हक, अधिकार र संरक्षणका विषयमा आ–आफ्ना भनाइहरु राखेका थिए ।
उनीहरुले आगामी दिनहरुमा विद्यार्थीहरुलाई नयाँ ब्यवस्थापनसहित मासिक परीक्षा, योगकक्षा तथा नृत्य कक्षा, योग कक्षाहरुमा मल्टिमिडियाको प्रयोग गरी पठनपाठन गराईने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here