Thursday, April 18, 2024
Homeखेलकुदबालालिकाको तेक्वान्डो

बालालिकाको तेक्वान्डो

- Advertisement -spot_img

दाङ, १ जेठ ।
उपराष्ट्रपति चिल्र्डेन कप जिल्लास्तरीय छनौट प्रतियोगिता बेलझुण्डीमा सम्पन्न भएको छ । दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष सुमन कुमार घलेको सभापतित्व तथा दाङ जिल्ला खेलकुद विकास समितिका सदस्य तिलक रावतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विभिन्न उमेर समूहमा तेक्वान्दो प्रतियोगिताका खेलहरु सम्पन्न भएका हुन् । प्रतियोगीतामा केटा तर्फको ३७ केजी उमेर समूहमा हिमाल एकाडेमीका सुमित बुढा एयेर प्रथम, अमृत एकाडेमी विजौरीका विजय चौधरी द्वितीय र जनकल्याण मावि दुधरासका अनिष नेपाली, मावि कालाखोलाका अर्पन बोहरा तृतीय भएका थिए ।
३७ केजी उमेर समूहमा राप्ती बाल एकाडेमीका किरण भुसाल प्रथम, हाम्रो पहुँचका मनिष भण्डारी द्वितीय र सिद्ध पृथ्वी नारायणपुरका विजय रावत र हिमाल एकाडेमीका संगीत थापा तृतीय भएका थिए । ४१ केजी उमेर समूहमा मावि काठेकोहल घोराहीका जीवन नेपाली प्रथम, हिमाल एकाडेमीका सन्तोष चौधरी द्वितीय र दिपेन्द्र मावि मानपुरका प्रभान बुढा, ज्ञानज्योतिका सन्देश केसी तृतीय भएका थिए ।
त्यस्तै महिलातर्फको खेलको २९ केजी उमेर समूहमा महेन्द्र माविकी सुजता परियार प्रथम, राप्ती बाल एकाडेमीकी उमा पन्थी द्वितीय र हाम्रो पँहुच स्कुलकी रिचा भण्डारी, ग्रेट बुद्ध घोराहीकी माया गुरुङ तृतीय भएका थिए । ३२ केजी उमेर समूहमा ज्ञानज्योतीकी जानकी डाँगी प्रथम, हाम्रो पँहुचकी निकिता बुढाथोकी द्वितीय र नारायणपुरकी अरुनिमा पुन, डिभाइन टेम्प्लकी श्रीबिदा भण्डारी तृतीय भएका थिए ।
त्यस्तै ३७ केजी उमेर समूहमा सेन्टर माविकी रितु राना प्रथम, हामो पहुँचकी बिभुती बोहरा द्वितीय र मावि कालाखोलाकी रेनु चौधरी तृतीय भएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here