- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचर‘बालापनमै ट्रयाजिटीका कुरा’

‘बालापनमै ट्रयाजिटीका कुरा’

- Advertisement -spot_img

घोराही, ३० बैशाख ।
घोराहीकी भूमिका वली टिनएज हुन् । अर्थात उनी उमेरले १३ वर्षमा प्रवेश गरेकी छन् । उनले गायन तथा नृत्य विधाको खोजी अभियानअन्तर्गत सिरियस गीत गाइन् । गीत गाउँदा निकै भावुक थिइन् । कार्यक्रममा सहभागी भएकाहरुलाई पनि भावुक बनाइन् । उनले किन सिरियस गीत रोजेर गाइन् । त्यो उनको व्यक्तिगत कुरा हो ।
उत्सर्ग फिल्मस् नेपालले आयोजना गरेको गायक तथा नृत्य विधाका खोजी अभियानमा सहभागी अधिकांश टिन एजर्सहरुले लभ ट्रयाजिटी गीत प्रस्तुत गर्दा सोच्ने विषय बनाएको थियो । कार्यक्रममा ८ वर्षदेखि १९ वर्षसम्मका कार्यक्रममा सहभागी भएका थिए । गीत गाउने धेरैजसोले माया प्रेममा बिछोड भएका सिरियस गीत गाएका थिए । गीत नै गाउनको लागि अन्य रमाईला धेरै गीतहरु पनि छन् । तर सानो उमेरमा नै ‘लभ ट्रयाजिटीको गीतहरु गाउँदा समाज कता मोडिरहेको छ’ भन्ने कार्यक्रममा सहभागीहरुलाई सोच्न बाध्य समेत बनाएको थियो ।
कार्यक्रममा गीत सुन्दा मनोरञ्जन दिएपनि धेरैजसोले माया प्रेममा विछोड भएका गीत गाउँदा कार्यक्रममा सहभागी अभिभावकहरु अचम्म भएका थिए । घोराहीकै गीता घर्तीले पनि लभ ट्रयाजिटी गीत गाईन् । उनी पनि टिनएजकै हुन् । उनले सिरियस गीतहरु सुन्ने र गाउने गरेको बताईन् । ‘मलाई सिरियस गीत मनपर्छ र गुनगुनाउने गर्छु’ कार्यक्रममा गीत प्रस्तुत गरिसकेपछि भनिन् ‘कारण थाहा छैन् मलाई यस्तै गीत मनपर्छ ।’ आफ्नो मोवाइलमा पनि धेरै सिरियस गीतहरु नै राखेको उनको भनाइ थियो ।

संस्कृतविद् डा. गोविन्द आचार्यले प्रतियोगितामा सहभागी भएकाहरुमा प्राकृतिक प्रतिभा रहेको बताएका थिए । उनीहरुले कुनै तालिम लिएको जस्तो नदेखिए पनि गायन तथा नृत्यमा सम्भावना बोकेको बताए । टिनएजका उमेरमा लभ ट्रयाजिटी गीतहरु मात्र गाउँदा किशोर किशोरीहरु मनोविमर्श गर्नुपर्ने उनको भनाइ थियो । अभिभावक तथा विद्यालयका शिक्षकहरुले बालबालिकाको मनोभावना वुझेर उनीहरुको अनुकूल वातावरण मिलाई दिएर सहयोग गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा सहभागीहरुले नृत्य पनि प्रस्तुत गरेका थिए । घोराहीमा गायन तथा नृत्य विधाका प्रतिभाहरुको खोजी अभियान सुरु भएको छ । उत्सर्ग फिल्मस् नेपालले आयोजना गरेको ‘हिरो अफ भ्वाईस फर उत्सर्ग डान्सिङ स्टार फाईफ’ सुरु भएको हो । बालबालिकामा भएका प्रतिभाको सम्मान र विकास गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको उत्सर्ग फिल्म नेपालका निर्देशक केएल पीडितले बताएका छन् । प्रतियोगितामा विभिन्न विद्यालयका गरी दुई सयजना बालबालिकाहरु सहभागिता भएका थिए ।
उत्सर्ग फिल्मस् नेपालकी समीक्षा पौडेलको अध्यक्षता एवं संस्कृतविद डा गोविन्द आचार्यको प्रमुख आतिथ्य तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा पूर्व उत्सर्ग स्टार समीक्षा पौडेल, सुप्रीया पाण्डेलाई सम्मान गरिएको थियो ।
त्यसैगरी लिटिल मिस दाङ आयुष्मा खड्का र मोडल करिना डाँगीले नृत्य प्रस्तुत गरेका थिए । गायन प्रतियोगिताको निर्णायकमा शालिकराम चौधरी र माधव चौधरी थिए भने नृत्य प्रतियोगितामा निर्णायकमा सरोज रेग्मी र ममता चौधरी थिए । गायन विधाको प्रतियोगितामा हिरो अफ भ्वाईसको मेगा राउण्डका लागि ४० जना छानिएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here