बालश्रममुक्त वडा घोषणा

समाज

तुलसीपुर, २१ जेठ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ लाई आगामी भदौ मसान्तसम्म बालश्रममुक्त वडा घोषणा गरिने भएको छ । आगामी अन्तर्राष्ट्रिय बाल दिवसलाई मध्यनजर गदै वडालाई बालश्रममुक्त घोषणा गरिने भएको हो ।
नवजागरण महिला तथा बाल संरक्षण केन्द्र तुलसीपुर दाङको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को वडा कार्यलयको सहआयोजनामा मंगलबार तुलसीपुरमा भएको अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी गराईएको हो ।
उक्त कार्यक्रममा बोल्दै वडा अध्यक्ष नवराज लामिछानेले वडालाई बालश्रममुक्त घोषणा गर्नका लागि सबै सरोकारवालाहरु लाग्नुपर्ने बताएका छन् ।
नेपालको संविधान र विभिन्न ऐनहरुमा बालबालिकाको हक, हितको व्यवस्था गरिएकाले त्यसको कार्यान्वयन गर्दै वडा कार्यालयले विभिन्न समयमा बाल सचेतना अभियान सञ्चालन गरीरहेको समेत वडा अध्यक्ष लामिछानेको भनाई छ ।
जानी–जानी समाजमा कोहि व्यक्तिले बालबालिकालाई श्रममा संलग्न गराएको पाईएमा त्यसलाई १० हजार रुपैयाँ र तीन महिनासम्म जेल सजाय हुन सक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *