- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeसम्पादकीयबालश्रममा सरोकारवाला

बालश्रममा सरोकारवाला

- Advertisement -spot_img

तुलसीपुर उपमहानगरपालिका बालश्रममुक्त गर्ने अभियानमा रहेको छ । बाल संरक्षण समित गठन गरेर बालश्रम र शोषणको अत्यका लागि क्रियाशील रहिरहेका बेला जिल्लाको एक एनजिओको अगुवाईमा बालश्रममुक्त गर्ने तयारीसहित छलफल थालिएको छ ।
असारमा क्रियाशील भएको छलफलले भनौं समयमा तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ६ लाई बालश्रममुक्तको लक्ष्य लिइएको छ ।
उमेर नपुगेका बालबालिकाहरुलाई श्रममा लगाएर उनीहरुको श्रम लिनु बालश्रम भए पनि अहिले अधिकांश क्षेत्रमा बालश्रमिकहरुको सहभागिता देखिन्छ । यो अवस्थालाई न्यूनीकरण गर्नेतर्फ सबै सरोकारवाला सक्रिय हुने अवस्था देखिएको छ ।
तुलसीपुरलाई बालश्रममुक्त मात्रै भनेर घोषणाको तयारी गरेरभन्दा पनि पूर्णरूपमा मुक्त बन्ने वातावारण निर्माण गरि कार्य अगाडि बढाउँदा त्यो प्रभावकारी हुनेछ ।
घोषणा हुनु ठूलो कुरा होइन । घोषणालाई सबैभन्दा बढी प्रभावकारी कार्यान्वयनले पार्छ । सूचकहरुको पूर्णरूपमा कार्यान्वयन गरेर र सेवा क्षेत्रभित्र बालश्रमको अवस्था एकीन नभएर गरिएको घोषणा त्यति प्रभावकारी हुँदैन ।
दाङ जिल्लाको ठूलो उपमहानगरपालिका तुलसीपुरले एउटा वडाबाट भएपनि बालश्रमको कुरालाई बढाउन खोज्नु सकारात्मक छ । यसलाई व्यवस्थित गर्न सकेमा मात्रै योजनाले सार्थकता पाउने हो ।
यस क्षेत्र कै पहिलो बालश्रममुक्त वडा घोषणा गरिने प्रयास गरिनुले नमुना काम देखाउँछ । तर त्यसलाई पछि प्रश्न चिन्न अठाउने थलो बनाउनु हुँदैन । दाङ नेपालमा दोस्रो तेस्रो नम्बरमा खुला दिसामुक्त जिल्ला घोषण गरिएको छ ।
घोषणा भएको केही वर्षमा नै यो घोषणामा मात्र सीमित भयो । त्यसले जति प्रभाव राख्नु पर्ने हो । कार्यान्वयनतर्फ चासो देखाइनु र देखिनुपर्ने हो त्यो अहिलेसम्म देखिएको छैन । अबको दुई महिनाभित्रमा तुलसीपुर–६ लाई गरिने बालश्रममुक्त घोषणा त्यस्तो नहोस् ।
विशेषगरेर घरेलु, होटल, निर्माण, यातायात, ग्यारेजलगायतका क्षेत्रमा अहिले बालश्रम व्याप्त छ । यो अवस्थामा अन्त्य गर्न सम्बन्धित पक्षले नै ध्यान दिनुपर्छ । तुलसीपुर–६ अहिले १३ जना मात्रै बालश्रमिक रहेको तथ्यांक सार्वजनिक भएको छ ।
१३ जनालाई पुनस्र्थापन गरेर बालश्रममुक्त गर्ने योजना तुलसीपुरले बताएको छ । बालश्रमिकलाई पुनस्र्थापन गरेर मात्रै हैन । तिनीहरुलाई व्यवस्थापन गर्न सन्ने हो भने मात्रै बालश्रमको समस्या हट्ने हुनसक्छ नत्र पुनस्र्थापन गर्ने र अर्काे दिन अभाव भए पनि पुनः श्रममा फर्किने अवस्था आउन दिनु हुँदैन । तसर्थ पूर्णरुपमा कार्यान्वयन हुने गरि घोषण गर्नु नै उपयुक्त हुन्छ । यसमा सरोकारवालाहरु पनि गम्भीर हुनुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here