- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरबालविवाह न्यूनीकरण कार्यक्रम

बालविवाह न्यूनीकरण कार्यक्रम

- Advertisement -spot_img

रुकुम पूर्व, १३ भदौ । रुकुम पूर्वको भुमे गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागि विद्यालय लक्षित कार्यक्रम सुरु गरेको छ । विद्यालय उमेरमा बालबालिकाले बालविवाह गर्ने भएकाले सजग बनाउन गाउँपालिकाले विद्यालय लक्षित कार्यक्रम सुरु गरेको जनाएको हो ।
गाउँपालिकाले विद्यालय उमेरका बालबालिकालाई बालविवाह विरुद्ध लाग्न र यसबाट बच्न प्रेरित गर्ने उद्देश्यले विद्यार्थीलाई जागरुक बनाइरहेको छ । गाउँपालिकाले विभिन्न १३ वटा विद्यालयमा बालविवाह न्यूनीकरण सम्बन्धी अभिमूखीकरण सञ्चालन गरेको छ ।
किशोर किशोरीको माध्यमबाट बालविवाहका बारेमा घर–घरमा जानकारी गराउने उद्देश्यले विद्यालयमा अभिमूखीकरण कार्यक्रमको आयोजना गरी बालबालिकालाई बालविवाह न्यूनीकरणमा लाग्न प्रेरित गरेको हो । कार्यक्रममा बालविवाहको बेफाइदाका बारेमा जानकारी गराइएको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख डायमण्ड पुनले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here