बालविवाह न्यूनीकरण अभिमुखीकरण

मुख्य खबर समाज

घोराही, ६ जेठ ।
घोराही उप–महानगरपालिकाका कार्यबाहक नगर प्रमुख सीता न्यौपानेले बालविवाह नगर्न र नगराउन सबैलाई आग्रह गरेकी छन् । दाङ सञ्चार प्रालिको आयोजना र घोराही उपमहानगरपालिका वडा नम्बर २ को सहयोगमा आइतबारदेखि रामपुरमा सुरुभएको दुईदिने बालविवाह न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रममा कार्यबाहक नगर प्रमुख न्यौपानेले बालविवाहले धेरै असर निम्त्याउने बताइन् ।
बालविवाहलाई निरुत्साहित गर्न स्वयम् बालबालिका सचेत हुनुपर्ने र त्यसमा अभिभावकहरुले विषेश चासो राख्नुपर्ने बताए । बालविवाहले तत्कालिन र दीर्घकालिन असरहरु निम्त्याउने भन्दै उनले बालबालिकालाई सचेत बन्न आग्रह गरिन् । बालविवाहले शारिरीक, मानसिक र सामाजिक रुपमा असरहरु निम्त्याएका उदाहरणहरु प्रसस्त रहेको भन्दै उनले अब बालविवाह न्यूनीकरणमा कानुन कार्यान्वयनमा समेत जोड दिइन् ।
वडा नम्बर २ का अध्यक्ष केशवराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष भीमबहादुर सार्की, वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगीलगायतले बालविवाहलाई कसैले पनि प्रोत्साहन गर्न नहुनेमा जोड दिए । अभिमुखीकरणको प्रशिक्षकहरुमा विकिरण गौतम, जेएन सागर, ईन्द्र डिसी र मोतीकुमारी विश्वकर्मा रहेका छन् ।
वडा सचिव विष्णु गिरीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण दाङ सञ्चार प्रालिका अध्यक्ष किरण गौतमले गरेका थिए । बालविवाह न्यूनीकरण अभिमुखीकरण कार्यक्रममा विद्यार्थी र शिक्षकहरु गरी ५० बढीको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *