- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरबालमैत्री अभियानमा तिव्रता

बालमैत्री अभियानमा तिव्रता

- Advertisement -spot_img

घोराही, ३ मंसिर । बालमैत्री घोषणाका लागि अघि बढेको घोराही उपमहानगरपालिका वडा नम्बर २ का अभिभावक र बालबालिकाले एउटै मञ्चमा उपस्थित भई छलफल गरेका छन् । घोराही उपमहानगरपालिका र युनिसेफको सहयोगमा हिमालयन शान्ति तथा विकास अभियान हिप्डेक नेपालद्वारा आयोजित अभिभावक र बालबालिकासँगको छलफल कार्यक्रममा उनीहरुले वडालाई बालमैत्री घोषणा गर्ने अभियानमा आफूहरु सक्रियतापूर्वक लाग्ने प्रतिवद्धतासमेत जनाएका छन् ।
छलफलका क्रममा अभिभावकहरुले आफ्नो टोल तथा वडाका हरेक बालबालिकाहरुलाई अधिकार प्राप्तिका लागि आफ्नो सकारात्मक भूमिका रहने बताएका थिए । अभिभावकसँगै कार्यक्रममा छलफल गर्न पाउँदा उत्साही देखिएका बालबालिकाहरुले परिवारको साथ भएमा बाल क्लवमार्फत सम्पूर्ण बालबालिकाहरुलाई बालमैत्री वातावरण दिलाउन अभियान चलाउने बताएका थिए । वडा अध्यक्ष केशवराज आचार्यले चेतनाको स्तरसँगै सन्तान जन्माउने दर पनि कम हुँदै गएकोमा खुसी हुनुपर्ने बताए । पहिलेजस्तो आमाहरुलाई बच्चा जन्माउने मेसिन मान्ने धारणा परिवर्तन भएको भन्दै उनले अब बालबालिका जन्मनु पूर्व नै उसको उचित व्यवस्थापनको योजना बनाउन जरुरी भएको धारणा राखे । कार्यक्रममा पत्रकार शरद अधिकारीले बालअधिकार तथा बालबालिकाप्रति अभिभावकको दायित्वका बारेमा प्रशिक्षण दिएका थिए । कार्यक्रमको सहजीकरण हिप्डेकका कार्यक्रम संयोजक किरण गौतमले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here