बालबालिकालाई विद्यालयको सहयोग

मुख्य खबर समाज

तुलसीपुर, ३ साउन । तुलसीपुरमा रहेको जीवनप्रेमी एजुकेयर एकाडेमीले बेसहारा बालबालिकाहरुलाई नगद तथा जिन्सी सहयोग गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ९ मा रहेको उक्त एकाडेमीका संस्थापक डा. वीरेन्द्रधर पुनको स्मृतिमा अभिभावकविहीन बालबालिकालाई शैक्षिक सामाग्रीसहित विभिन्न सहयोग गरिएको हो ।
बुधवार तुलसीपुर वडा नं ६ मा अवस्थित दिदी घर संस्थाका १० जना अभिभावकबिहीन बालबालिकालाई नगद, फलफुल र शैक्षिक सामाग्री प्रदान गरेको हो ।
दाङको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा अपूरणीय योगदान पु¥याएका पुनको सम्झना विद्यालय ब्यवस्थापन समिति तथा शिक्षकहरुले उनीहरुलाई शैक्षिक सामाग्री, फलफूल वितरण तथा आर्थिक सहयोग गरेको हो ।
विद्यालयका संस्थापकहरु तथा पुनकी श्रीमतीहरु तुलसा कुमारी पुन, श्रीमाया पुन, गीरा पुन, निर्देशक बसन्त शाही ठकुरी, प्रिन्सिपल जगनाथ अधिकारीलगायतको टोलीले शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।
यसरी असहाय बालबालिकाको सहयोगले नै पुनको देखेको सपना साकार हुने भन्दै आउँदा दिनमा पनि सहयोग गर्ने निर्देशक शाहीले प्रतिबद्धता जनाए ।
उक्त अवसरमा दिदी घर संस्थाकी अध्यक्ष स्यानी चौधरीले आउँदा दिनमा पनि यस्तै सहयोग आवश्यक रहेको समेत बताईन् । संस्थामा अहिले १० जना सहाराविहीन बालबालिका बसिरहेको भन्दै यस्तै सहयोगले आफूलाई सामाजिक काम गर्न थप हौसला प्रदान गरेको समेत चौधरीको भनाई छ ।
यसैबीच स्मृति दिवसको अवसरमा एकाडेमीमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । २०६४ सालमा एकाडेमी स्थापना गरि शिक्षाको पहुँचमा नपुगेका बालबालिकाको शिक्षामा पुनको महत्वपूर्ण भूमिका रहेको भन्दै पुनकै योगदानले गर्दा नै जीवनप्रेमीले अहिले राम्रो नतिजा ल्याउन सफल भएको समेत निर्देशक शाहीले बताए ।
विद्यालयका प्रिन्सिपल जगनाथ अधिकारीको अध्यक्षता तथा बरिष्ठ सल्लाहकार जनकराज वलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका निर्देशक शाही ठकुरीले पुनको निधनले शिक्षा र स्वास्थ्य क्षेत्रमा अपुरणीय क्षति पुगेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *